२०८३ असोज २२ गते बिहिबार

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
rasuwagadi

रसुवा। गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ।

बाढीका कारण भोटेकोसी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ।

आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ।

बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युतगृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माणकार्य जारी छ।

रसुवागढी जलविद्युत्‌को लागत थपिँदै, पुनर्निर्माण गर्न बैंकबाट थप तीन अर्ब ऋण

आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपले उत्पादन सुरु गरेको थियो। तर २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको थियो।

त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको थियो। २३ अर्ब ७३ करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो।

रसुवागढी जलविद्युतको क्षतिको दाबी भुक्तानीमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ढिलाइ

आयोजनामा चार दशमलव आठ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युतगृहमा पुर्याइन्छ। त्यहाँ जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनबाट अधिकतम १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताए।

आयोजनाबाट वार्षिक ६१ करोड बढी युनिट उत्पादन गरी तीन अर्ब २५ करोड रुपैयाँ बिजुली बेचेर कम्पनीले आम्दानी गर्छ।

 

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ०१:२०
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

हुम्लाको मिमीमा ७० मेगावाट अर्धजलाशय आयोजना बनाउँदै स्टिभा हाइड्रो

मिमीबान खोलामा १९ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाको जलाशयमा २ घण्टासम्म पानी जम्मा हुने गरी डिजाइन तयार पारिएको विकासकर्ता कम्पनी स्टिभा हाइड्रोले जनाएको छ।

मुखैमा आयो दशैँ, बाढीपहिरोले अवरुद्ध सडक कहिले सञ्चालनमा आउँछन्?

काठमाडौँ: हालैकाे बाढीपहिरोले मुख्य राजमार्गसहित विभिन्न सडकहरू अवरुद्ध छन्। चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दशैँअघि नै सञ्चालनमा ल्याउने...

ऊर्जामा आधारित अर्थतन्त्र बनाउन निजी क्षेत्रलाई नयाँ लगानीको ढोका खोल्दै सरकार

खुला पहुँच प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएमा विद्युत् उत्पादक, व्यापारिक कम्पनी र ठूला औद्योगिक उपभोक्ताबीच प्रत्यक्ष विद्युत् कारोबारको वातावरण बन्न सक्छ।

मातातीर्थ–चोभार लाइन शुक्रबारदेखि चार्ज, उपत्यकाको बिजुली आपूर्ति थप सहज हुने

काठमाडौं। काठमाडौं उपत्यकाको बिजुली आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना