काठमाडौँः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ५ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ४ हजार ७६० रुपैयाँमा काराबार भएको चाँदी बिहीबार घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।


