काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।


