२०८३ कार्तिक २२ गते शनिवार

७३ अर्ब बढीको सेयर घोटाला: दीपक भट्ट, शेखर गोल्छा र अग्रवालसहित ८१ जनाविरुद्ध मुद्दा दर्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २९
ktm jilla adalat

काठमाडौँ: नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलो र योजनाबद्ध सेयर घोटाला भएको पुष्टि गर्दै सरकारी वकील कार्यालयले ८१ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को जाहेरीका आधारमा दायर गरिएको यस अभियोगपत्रमा नीतिगत तहमा रहेका प्रतिष्ठित व्यवसायी, बीमा कम्पनीका सञ्चालक र ब्रोकरहरूको मिलेमतोमा अर्बौँ रुपैयाँको चलखेल गरिएको देखिएको छ।

अभियोगपत्रले व्यवसायी दीपक भट्टलाई यस घोटालाको मुख्य योजनाकार (मास्टरमाइन्ड) ठहर गरेको छ। भट्टसँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, प्रतिष्ठित व्यवसायी सुलभ अग्रवाल, रोहित गुप्ता, राजबहादुर शाह, र ऋषिराज मोरलाई मुख्य प्रतिवादी बनाइएको छ।

घोटालामा भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) का अध्यक्ष सन्दीप चाचन अग्रवालको सक्रिय भूमिका देखिएको छ। यस्तै हिमालयन रि-इन्सुरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, र लिबर्टी माइक्रो लाइफजस्ता कम्पनीका तत्कालिन अध्यक्ष र सिइओहरूलाई पनि प्रतिवादी बनाइएको छ।

अभियोगपत्र अनुसार प्रतिवादीहरूले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ र ९८ को बर्खिलाप हुने गरी कसुर गरेका छन्। उनीहरूले मुख्यतया तीनवटा विधि अपनाएर बजार कब्जा गरेका थिए:
सर्कुलर ट्रेडिङ: एउटै समूहका व्यक्ति र संस्थाहरूबीच आपसमा सेयर किनबेच गरेर बजारमा नक्कली कारोबार देखाउने।
कृत्रिम अभाव सिर्जना: ठूलो मात्रामा सेयर होल्ड गरेर बजारमा सेयरको कमी गराउने र मूल्य बढाउने।
मूल्य हेरफेर: झुटा सूचना फैलाएर र एउटै आइपी एड्रेसबाट दर्जनौँ खाता सञ्चालन गरी सेयरको मूल्य अस्वाभाविक रूपमा माथि पुर्‍याउने।

आइपी एड्रेस कनेक्सन: एउटै कोठाबाट अर्बौँको चलखेल
अनुसन्धानमा सबैभन्दा बलियो प्रमाणको रूपमा आईपी एड्रेसलाई लिइएको छ। सौर्य सिमेन्ट र जगदम्बा स्टिलको नक्सालस्थित कार्यालयबाट एउटै आइपी एड्रेस (`202.166.206.242`) प्रयोग गरी भट्ट, अग्रवाल र विभिन्न बीमा कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाइएको भेटिएको छ। यसले के पुष्टि गर्छ भने, विभिन्न कम्पनीका नाममा भएका अर्बौँका कारोबारहरू वास्तवमा एउटै कोठाबाट एकै समूहले गरिरहेको थियो।

घोटाला मुख्य गरी साना र नयाँ सूचीकृत कम्पनीहरूमा केन्द्रित थियो। नेपाल पुनर्बीमा कम्पनीको मूल्य ७४३ बाट बढाएर १७३१ सम्म पुर्‍याइएको, एनलगजी इन्स्योरेन्समा पनि सर्कुलर ट्रेडिङमार्फत मूल्य बढाइएको, गार्डियन माइक्रो लाइफ कम्पनीका सर्वसाधारणलाई घाटा खुवाएर आपसमा सेयर किनबेच गरिएको तथा विभिन्न डिबेन्चरहरू (NBLD85, NIMBD90, SBID83, SBLD89) मा पनि व्यापक चलखेल गरिएको अनुसन्धानका क्रममा खुलेको छ।

प्रतिवादीहरूले गरेको यस अवैध कार्यबाट हिमालयन रि-इन्सुरेन्सलाई मात्रै ७२ करोड १४ लाखभन्दा बढी क्षति पुर्‍याइएको दाबी अभियोगपत्रमा छ। अन्य विभिन्न बीमा कम्पनीहरूलाई गरी कुल १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको दाबी गर्दै सोही बराबरको बिगो भराउन माग गरिएको छ।

सरकारी वकीलले सबै प्रतिवादीहरूलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम सजायको माग गरेको छ। जसमा १ वर्षदेखि २ वर्षसम्म कैद, बिगो बराबरको जरिवाना वा कसुरको प्रकृति हेरी ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र संस्थाहरूलाई भएको अर्बौँको हानी नोक्सानी प्रतिवादीहरूको व्यक्तिगत सम्पत्तिबाट भराउनुपर्ने मागदाबी गरिएको छ।

साथै, सुलभ अग्रवालको हकमा विगतमा कालोबजारी मुद्दामा सजाय पाइसकेको हुनाले मुलुकी अपराध संहिता २०७४ बमोजिम थप सजायको समेत माग गरिएको छ।

ब्रोकर नम्बर ५५ (भृकुटी स्टक) ले कानुन बमोजिम लिनुपर्ने २५% अग्रिम भुक्तानी नलिई भट्ट र अग्रवाल समूहलाई अर्बौँको कारोबार गर्न दिएको भेटिएको छ। ब्रोकरले नक्कली कोलल्याट्रल लोड गरेर बजारमा कृत्रिम माग सिर्जना गर्न सहजकर्ताको काम गरेको अभियोगपत्रमा उल्लेख छ।

प्रकाशित: २०८३ जेठ २९ गते शुक्रबार ०१:४५
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना