२०८३ कार्तिक १२ गते बुधबार

जलजलाको लुप्राङमा अङ्गुरखेती परीक्षण सफल, व्यवसायिक उत्पादन सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
Angur kheti

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ।

समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेका हुन्।

“चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्”, उनले भनिन्, “गत वर्ष प्रतिकिलो चार सय ५० देखि पाँच सयका दरले ३५ हजार रुपैयाँको अङ्गुर घरबाटै बेचेको थिए। यसपालि दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ।”

अङ्गुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरुसँग सल्लाह गरेर अङ्गुरखेती विस्तार गर्ने रेग्मीको योजना छ। दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अङ्गुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन सुरु गरेका हुन्।

“कक्षा पाँच सम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरुलाई स्कुल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर १० सम्म पढाए”, टीकाकुमारीले भने, “कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई जना छोराहरु काठमाडौँ गएपछि घर फर्किएर धानखेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले असफल हुने काम नगर्न सुझाएका थिए।”

स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमान साँझ, बिहान र बिदाको समयमा बगैँचाको काममा साथ दिएका छन्। उनको बगैँचामा सात सय ५० सुन्तला र कागतीका बोट छन्। गत वर्ष चार लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री भएको रेग्मीले बताइन्।

प्लास्टिक टनेलभित्र अङ्गुरका साथै टमाटरखेती पनि गरेका छन्। हुर्कदै गरेको सुन्तला बगैचाभित्र सिमीखेती गरेका छन्। अङ्गुर गाउँबाट बिक्री हुन्छ। सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ। कृषि फार्मबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म बचत गर्ने रेग्मीको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरु दङ्ग परेका छन्।

उहाँकै सिको गरेर धेरैजसो लुप्राङवासीले धान, मकै, कोदोको विकल्पमा सुन्तलाखेती गरेका छन्। उनलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविध, पूर्वाधार निर्माणमा सहयोग, सीपमूलक तालिम, व्यावसायिक योजना तयार पार्न, भ्रमण र प्रदर्शनीको व्यवस्था मिलाएका छन्।

नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिउपज बिक्रीका लागि बजार पठाउन समस्या भएको किसान रेग्मीले गुनासो गरे। बाँदरको समस्या पनि मुख्य चुनौती बनेको छ। यसपालि गत जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारीखेतीमा क्षति पुर्याएको किसानहरुले गुनासो गरेका छन्।

प्रकाशित: २०८३ असार २ गते मङ्गलबार ०८:३०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना