काठमाडौँः नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।


