नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि सञ्चालनमा रहेको हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि सहप्रायोजक बनेको छ। हिमस्टारले फिफा विश्वकप २०२६ को टिभी प्रसारणका लागि हिमालय स्पोर्टस् टिभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको छ।
कम्पनीले संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु आफ्ना लागि गर्वको कुरा भएको बताएको छ।
यस अवसरलाई विशेष बनाउँदै हिमस्टारले विश्वकप २०२६ को उपलक्ष्यमा आकर्षक अफर पनि सार्वजनिक गरेको छ। हिमस्टारको ४३ इन्च अल्ट्रा एचडी वा सो भन्दा माथिका टिभी खरिद गर्दा ग्राहकहरूले ३२% सम्मको क्यासब्याक, विश्वकप २०२६ को लाइभ टिभी सिजन पास तथा १ वर्षको नेट टिभी प्याकेज प्राप्त गर्न सक्नेछन्।
यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्च सर्वोत्कृष्ट स्क्रिनमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ।


