काठमाडौँ: राहादानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको आरोपमा अनुसन्धानका क्रममा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ४ जनाविरुद्ध ५ दिन म्याद थप भएको छ।
न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र सदस्य उमेश कोइरालाको इजलास म्याद थपको अनुमति दिएको हो।
विशेष अदालतको प्रशासन शाखाकाअनुसार शुक्रबार विशेष अदालतले अर्यालसहित निर्देशक सुनिल कुमार केसी, तुल्सी प्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।


