२०८३ कार्तिक २२ गते शनिवार

शिथिल अर्थतन्त्र उकास्न राष्ट्र बैंकको ‘अर्ली मुभ’, समयअघि नै मौद्रिक नीति ल्याउने तयारी

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, असार ८
nrb2

काठमाडौँ: मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्दै निजी क्षेत्रको मनोबल उच्च बनाउन नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ८३/८४को मौद्रिक नीति गत वर्षभन्दा केही समयअगावै सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट कार्यान्वयनलाई सघाउन र वित्तीय बजारमा बेलैमा स्पष्ट दिशाबोध गर्न केन्द्रीय बैंकले आन्तरिक गृहकार्यलाई तीव्र पारेको हो।

मौद्रिक नीति सकेसम्म अघिल्लो वर्षभन्दा अगाडि नै सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले मौद्रिक नीति निर्माणका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए। उनका अनुसार अहिले सरोकारवालाबाट प्राप्त सुझावको अध्ययन, मस्यौदा परिमार्जन तथा आन्तरिक छलफलको काम अन्तिम चरणमा पुगेको छ। ‘मौद्रिक नीति तयारीको काम भइरहेको छ। सकेसम्म गत वर्षभन्दा अगाडि नै ल्याउने हाम्रो प्रयास छ। अहिले विभिन्न तहमा छलफल, सुझाव संकलन र मस्यौदा परिमार्जनको काम भइरहेको छ,’ प्रवक्ता पौडेलले नेपाल क्लिक्ससँग भने।

उनका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मूल्यवृद्धि कायम गर्ने लक्ष्य लिएको छ। मौद्रिक नीतिले पनि ती लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए।

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्था, नेपाल बैंकर्स संघ, उद्योगी–व्यवसायी, अर्थविद्, निजी क्षेत्र, सेयर लगानीकर्ता तथा अन्य सरोकारवालासँग सुझाव मागिसकेको छ। प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयार पारिने र सञ्चालक समितिबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक गरिनेछ।

यसबीच नेपाल बैंकर्स संघले पनि राष्ट्र बैंकलाई विस्तृत सुझाव बुझाएको छ। संघले बैंकिङ क्षेत्रलाई थप नियन्त्रण गर्नेभन्दा सहजीकरण गर्ने नीति आवश्यक रहेको उल्लेख गरेको छ। विशेषगरी कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा लचकता अपनाउनुपर्ने, नियमित भइसकेको कर्जालाई ’वाच लिस्ट’बाट हटाएर सक्रिय वर्गमा राख्न पाउने व्यवस्था गर्नुपर्ने र जोखिमका आधारमा ब्याजदर निर्धारण गर्न सकिने रिस्क–बेस्ड प्राइसिङ प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको छ।

त्यस्तै, विपन्न वर्ग कर्जाको अनिवार्य सीमा ५ प्रतिशतबाट ३ प्रतिशतमा झार्न, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्रमा समावेश गर्न तथा ग्राहकले हरेक बैंकमा छुट्टाछुट्टै केवाईसी बुझाउनुपर्ने व्यवस्था हटाई केन्द्रीय ग्राहक पहिचान प्रणाली लागू गर्न पनि संघले आग्रह गरेको छ। डिजिटल बैंकिङलाई थप सुरक्षित बनाउन क्युआर अन्तरसञ्चालन, डिजिटल ठगी नियन्त्रणका लागि बैंक–प्रहरीबीच साझा संयन्त्र र एसएमएसको सट्टा इन–एप नोटिफिकेसनलाई मान्यता दिनुपर्ने सुझाव पनि दिइएको छ।

बैंकर्स संघले प्रस्तुत गरेको तथ्यांकअनुसार हाल बैंकहरूको औसत आधारदर ८.९७ प्रतिशत, स्प्रेडदर ४.४० प्रतिशत र निष्क्रिय कर्जा (एनपीएल) ४.१५ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा पनि १० अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा पुगेको संघको भनाइ छ।

गत आर्थिक वर्षको मौद्रिक नीति असार २७ गते सार्वजनिक भएको थियो। यसपटक भने बजेट कार्यान्वयनसँगै आर्थिक गतिविधिलाई गति दिने उद्देश्यले केही दिन अगावै मौद्रिक नीति ल्याउने तयारी भइरहेको राष्ट्र बैंकको भनाइ छ। समयमै नीति सार्वजनिक हुँदा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक योजना बनाउन, लगानीकर्ताले स्पष्ट नीति संकेत पाउन तथा निजी क्षेत्रको अपेक्षा सम्बोधन गर्न सहज हुने विश्वास गरिएको छ।

यद्यपि अर्थतन्त्रमा चुनौती भने अझै कायम छन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत पुग्ने अनुमान गरे पनि हालसम्मको तथ्यांकले त्यो लक्ष्य भेट्टाउन कठिन देखाएको छ। राष्ट्र बैंकका अनुसार साउनदेखि वैशाख मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा केवल ५.७ प्रतिशतले मात्र बढेको छ। यस अवधिमा कर्जा प्रवाह तीन खर्ब १२ अर्ब रुपैयाँले वृद्धि भई कुल ५८ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। वार्षिक बिन्दुगत आधारमा कर्जा वृद्धिदर ६.७ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७.३ प्रतिशतभन्दा कम हो।

बैंकिङ प्रणालीमा अहिले ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता रहेको छ। तर निजी क्षेत्रको लगानी विस्तार हुन नसक्दा र व्यवसायिक आत्मविश्वास पूर्ण रूपमा फर्किन नसक्दा कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन। यही कारण आगामी मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने, ब्याजदरलाई स्थिर राख्ने, वित्तीय प्रणालीमा तरलताको प्रभावकारी व्यवस्थापन गर्ने तथा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने व्यवस्था समेटिने अपेक्षा गरिएको छ।

यसका साथै घरजग्गा, सेयर बजार, साना तथा मझौला उद्यम, कृषि, पर्यटन तथा अन्य उत्पादनमूलक क्षेत्रसँग सम्बन्धित केही व्यवस्थामा पनि नीतिगत सुधार हुन सक्ने अनुमान गरिएको छ।

उद्योगी–व्यवसायीहरूले पनि मौद्रिक नीति समयमै सार्वजनिक गर्न र कर्जा प्रवाह सहज बनाउने, व्यवसायिक लागत घटाउने तथा लगानीमैत्री वातावरण सिर्जना गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गर्दै आएका छन्।

राष्ट्र बैंकले अन्तिम तयारीलाई तीव्र बनाइरहेको अवस्थामा यस वर्षको मौद्रिक नीति गत वर्षभन्दा केही दिन अगाडि नै सार्वजनिक हुने संकेत देखिएको छ। यद्यपि सार्वजनिक हुने अन्तिम मिति भने सञ्चालक समितिबाट निर्णय भएपछि मात्रै औपचारिक रूपमा घोषणा गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २०८३ असार ८ गते सोमबार ०५:४३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना