२०८३ कार्तिक १२ गते बुधबार

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिमा छुट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
ncell

काठमाडौँ:  एनसेल ग्राहकहरूले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन्। यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ।

यो साझेदारी अन्तर्गत रु ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन्। यसका साथै अब ग्राहकहरुले एनसेल एपबाटै डिजिटल रुपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन्।

यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आवद्ध हुँदा प्राप्त गर्दछन्। ग्राहकहरुले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधीमा रु ८,००० सम्मको छुट प्राप्त गर्न सक्छन्। यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा रु २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा रु १४० अनि बस टिकट बुकिङमा रु १११ छुट प्राप्त गर्न सक्छन्।

यी विशेष छुटहरुको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ। यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ।

साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरुलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौं। ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। एनसेल एप मार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ।’

यो सहकार्य एनसेलको डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढ्ने यात्राको अर्को महत्त्वपूर्ण कदम हो। एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफरहरू एकीकृत गर्दै कम्पनीले ग्राहकहरूको अनुभवलाई निरन्तर रूपमा थप परिष्कृत गर्दै परम्परागत दूरसञ्चार सेवाभन्दा फरक लाभहरू प्रदान गरिरहेको छ।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटेल, होलिडे प्याकेज र ग्राहकले चाहे बमोजिम तयार पारिएका सेवा प्रदान गर्दै आएको छ। यो साझेदारी दैनिक जीवनलाई सरल बनाउन डिजिटल नवीनता प्रयोग गर्ने एनसेलको मान्यतासँग मिल्दछ र ग्राहकहरूलाई थप सुविधा र छनोटको अवसर प्रदान गर्दछ।

प्रकाशित: २०८३ असार ८ गते सोमबार ०५:१८
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना