२०८३ कार्तिक १२ गते बुधबार

भोजपुर बन्यो अकबरे खुर्सानीको हब, रित्तिँदै गएको गाउँमा फर्कियो समृद्धि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
akabare_khursani

झापा। केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ।

कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले। यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी।

पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ। पहिले बाँझो रहेका खेतबारीहरू अहिले रातो खुर्सानीले रंगिएका छन्। कतिपय ठाउँमा त लहरै रोपिएका बोटहरूले गाउँ नै हरियो टनेलजस्तो देखिन थालेको छ।

परम्परागत खेतीबाट खासै आम्दानी नहुने, मकै–धान जस्ता बाली जंगली जनावरको समस्याले नष्ट हुने अवस्थाबीच किसानहरूले विकल्प खोजिरहेका थिए। त्यही विकल्प बनेको हो—अकबरे खुर्सानी।

यस परिवर्तनको नेतृत्वकर्ता मानिन्छन् जीवन राउत। कोभिडअघि ट्राभल व्यवसायमा सक्रिय राउत महामारीपछि गाउँ फर्किए । गाउँको अवस्था देखेपछि उनले परम्परागत खेतीभन्दा छिटो आम्दानी दिने नगदेबालीको खोजी थाले। गाउँलेसँग छलफलपछि उनले अकबरे खुर्सानीलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि सारे। सुरुवातमा धेरै किसान हिच्किचाए पनि उनले आश्वासन दिए।

‘तपाईँहरू जति उत्पादन गर्न सक्नुहुन्छ गर्नुहोस्, बजारको जिम्मा मेरो हुन्छ।’त्यही विश्वासले गाउँमा परिवर्तन प्रारम्भ भयो। केही किसानले प्रारम्भ गरेको खेती विस्तारै सामूहिक अभियानजस्तै बन्यो।

किसानहरूका अनुसार अकबरे खुर्सानीले छोटो समयमै आम्दानी दिन थालेको छ। तीन महिनामै बिक्रीयोग्य उत्पादन हुने भएकाले यो खेती गाउँलेको प्रमुख नगदेबाली बनेको छ। पहिले मकै–कोदोले मुस्किलले घर–खर्च धान्ने जमिनबाट अहिले लाखौँ रुपैयाँको उत्पादन हुन थालेको छ। धेरै परिवारले आफ्नै खेतबारीमा अकबरे लगाएर नियमित आम्दानी लिन थालेका छन्।

राउत आफैँ पनि जेबी एग्रो फर्ममार्फत उत्पादन तथा बजारीकरणमा सक्रिय छन्। गाउँलेलाई बीउदेखि बजारसम्म सहयोग गर्ने प्रणालीले खेती विस्तारलाई सहज बनाएको छ।

भोजपुर अकबरेको नयाँ पहिचान

अकबरे खुर्सानी विस्तारसँगै भोजपुरले नयाँ पहिचान बनाउन थालेको छ। पहिलेदेखि खुकुरीको लागि चिनिने जिल्ला अब ‘अकबरे हब’ का रूपमा चिनिन थालेको छ। पौवादुङ्मा गाउँपालिकाका सबै वडामा व्यावसायिक खेती भइरहेको छ भने अरुण तथा भोजपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पनि उत्पादन विस्तार भएको छ । करिब ३ हजार ५ सयभन्दा बढी परिवार कुनै न कुनै रूपमा अकबरे खेतीमा जोडिएका छन्।

कतिपय किसानले १०० रोपनीसम्म जग्गामा व्यावसायिक खेती गरेका छन्। जिल्लाबाट वार्षिक करिब २५० देखि ३०० टन अकबरे उत्पादन हुने अनुमान छ। भोजपुरको अकबरे अहिले देशका ठूला चाउचाउ उद्योगदेखि अचार उद्योगसम्म पुग्ने गरेको छ। वाइवाइ डाइनामाइट, करेन्ट नुडल्स लगायत उद्योगहरूले यसको प्रयोग गर्छन्।

तर उत्पादन बढेसँगै मूल्य घटेको छ। पहिले प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरे अहिले १५० देखि १६० रुपैयाँमा झरेको छ। किसानका लागि आम्दानी स्थिर भए पनि अपेक्षित रूपमा बढ्न सकेको छैन। ढुवानी खर्च, बजार पहुँच र भण्डारणको अभाव अझै ठूलो चुनौती बनेको छ।

गाउँमै उद्योग तथा कोल्ड स्टोरको आवश्यकता

जीवन राउत अब गाउँमै पाउडर उद्योग तथा कोल्ड स्टोर स्थापना गर्ने योजनामा छन्। उनका अनुसार उत्पादन प्रशोधन गर्न सके अकबरेको मूल्य स्थिर राख्न सकिन्छ र विदेश निर्यातसमेत सहज हुन्छ।

‘भदौ–असोजमा उत्पादन हुने खुर्सानी पुस–माघमा बेच्न सके किसानले राम्रो फाइदा लिन सक्छन्,’ उनी भन्छन्। उनको योजना अनुसार पाउडर उद्योग स्थापना भएमा ठूलो परिमाणमा उत्पादन भए पनि बजार अभाव हुने छैन। भोजपुरको अकबरे अघिल्ला वर्षहरूमा बेलायत, अमेरिका तथा क्यानडासम्म समेत निर्यात भएको छ। अहिले भारततर्फ पनि निर्यात प्रारम्भ भएको छ । नेपाली उद्योगहरूले यसको माग बढाउँदै लगेका छन्।

राउतका अनुसार अमेरिकाका केही कम्पनीहरूले समेत अकबरे खरिदका लागि चासो देखाएका छन्। केही उद्योगले त प्याकेजिङ गरेर काँचो खुर्सानी नै विदेश पठाउन थालेका छन्।

अकबरेपछि ड्रागन फ्रुटतर्फ विस्तार

अकबरेको सफलतापछि राउत अब अन्य नगदेबालीतर्फ पनि अघि बढेका छन्। उनले १०० रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट खेती विस्तार गर्ने योजना बनाएका छन्, जसमा करिब २० हजार बिरुवा रोप्ने लक्ष्य छ।

त्यससँगै कागती, अदुवा तथा अन्य नगदेबाली पनि विस्तार गर्ने तयारी भइरहेको छ। पशुपालन तथा मल उत्पादनलाई समेत कृषि प्रणालीसँग जोड्ने उनको योजना छ।

अकबरे खुर्सानीले भोजपुरका गाउँहरूमा आर्थिक परिवर्तन मात्रै ल्याएको छैन, सामाजिक परिवर्तन पनि ल्याइरहेको छ। रित्तिँदै गएका गाउँहरूमा फेरि युवाहरूको चहलपहल बढेको छ, परिवारहरू एकै ठाउँमा बस्न थालेका छन् र बाँझो जमिन फेरि जीवन्त बनेको छ।

विदेशिने बाध्यता र बसाइसराइको दबाबबीच भोजपुरले देखाएको यो कृषि मोडेल अब अन्य जिल्लाका लागि पनि उदाहरण बन्न थालेको छ।

 

प्रकाशित: २०८३ असार १० गते बुधबार १२:४५
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना