काठमाडौँः साताको चौथो कारोबार दिन (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) एकल अंकले घटेको छ । आज परिसूचक नेप्से ८.५० अंकले घटेर २ हजार ६५१ विन्दुमा बन्द भएको हो ।
आज ६४ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १९ कम्पनीको सेयरमूल्य स्थिर छ ।
टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिंग हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सोपान फर्मास्युटिकल्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको मात्र १२ करोड ७७ लाखको कारोबार भएको हो ।


