काठमाडौँः नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको सेयर सूचीकृत भएको छ। बिहिबार (आज) कम्पनीको ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो।
सेयर सूचीकृत भएपछि शुक्रबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ। सोमबारबाटको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको सेयर (एसएनओआरएल) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।


