काठमाडौँ: धितोपत्र बजारका सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अंकले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ। यो साता सोमबारदेखि शुक्रबारसम्म पाँचै दिन नेप्से घटेको हो।
एक महिनामा नेप्से १३७ अंकले घटेको छ।
शुक्रबार कुल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर रु तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ।
कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६÷८७ शीर्ष स्थानमा छ। यस्तै, ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ।
नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९० र एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन्।
यस्तै, कालिका लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआइसी एशिया ऋणपत्र २०८०,सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्।
प्रकाशित: २०८३ असार १२ गते शुक्रबार ०३:३७