२०८३ कार्तिक २२ गते शनिवार

कर्जा विस्तारमा देखिएको सुस्तताको कारण पहिचान गरी समाधान खोज्नुपर्छः कार्यकारी निर्देशक पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १४
photo_a3d07434

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सरकारको बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी ल्याउने तयारी गरेको जनाएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले अभूतपूर्व जनादेश प्राप्त सरकारले प्रस्तुत गरेको बजेटले तय गरेको आर्थिक दिशालाई सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण भइरहेको बताएका हुन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आइतबार आयोजना गरेको ‘डिकोडिङ मोडर्न बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा बोल्दै पौडेलले बजेटसँग समन्वय हुने गरी मौद्रिक नीतिको गृहकार्य भइरहेको जानकारी दिए।

उनले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि बहुप्रतीक्षित एसेट म्यानेजमेन्ट कम्पनी स्थापना हुनेमा आफू आशावादी रहेको बताए। सरकारले निश्चित समयसीमा तोकेर कम्पनी स्थापना गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षमै यस्तो कम्पनी स्थापना हुने अपेक्षा व्यक्त गरे।

उनका अनुसार एसेट म्यानेजमेन्ट कम्पनीको अवधारणा २०५७/०५८ सालदेखि सरकार र राष्ट्र बैंकले उठाउँदै आए पनि अहिले त्यसले मूर्त रूप लिने सम्भावना बलियो बनेको छ।

 

पौडेलले हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बताए। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले अर्बौं रुपैयाँ खर्च गरेर ब्याजदरलाई निश्चित सीमाभित्र कायम राख्न प्रयास गरिरहेको उनको भनाइ छ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थासँग पर्याप्त कर्जा प्रवाह गर्ने क्षमता भए पनि अपेक्षाअनुसार ऋण विस्तार हुन सकेको छैन। सरकारले पुँजीगत विकास निर्माणका कामलाई तीव्रता दिन र निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले कर्जा विस्तारमा देखिएको सुस्तताको कारण पहिचान गरी समाधान खोज्नुपर्ने बताए।

राष्ट्र बैंकले पछिल्लो समय साना तथा लघु व्यवसायमा कर्जा प्रवाह बढाउन विशेष जोड दिएको पनि उनले जानकारी दिए। १० लाख रुपैयाँसम्मका कर्जाको मूल्याङ्कन बैंक तथा वित्तीय संस्थाले आफैं गर्न सक्ने व्यवस्था गरिएको उल्लेख गर्दै उनले भविष्यमा पी–टु–पी प्रणालीमार्फत न्यून कागजी प्रक्रियामा कर्जा प्रवाह गर्ने व्यवस्था कार्यान्वयनतर्फ राष्ट्र बैंक अघि बढिरहेको बताए ।

 

प्रकाशित: २०८३ असार १४ गते आईतबार ०२:५७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना