काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (क)’ जारी गर्ने भएको छ। यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन्।
ऋणपत्रका लागि आज मध्याह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ। बोलकबोल प्रक्रियाबाट नै ऋणपत्रको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
यो एक वर्षे अवधिको ऋणपत्र हो। यसको साँवा २०८४ असार १६ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था रहेको छ।
उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितो ९ऋयििबतभचब०ि का रूपमा समेत प्रयोग गर्न सकिनेछ।


