काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मंगलबार (आज) तोलामा प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।


