२०८३ कार्तिक १२ गते बुधबार

डिशहोमले तुषाल मल्टिभेन्युसँगको साझेदारीमा भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
Capture

काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहक सहभागिता अझ सुदृढ बनाउनुका साथै विभिन्न आकर्षक अफर तथा वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्नु रहेको छ।

सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विशेष छुट तथा सुविधाहरू प्राप्त गर्नेछन्।

सौना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशत छुट, नयाँ जिम सदस्यतामा २० प्रतिशत छुट,

वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत छुट, फूड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

कसरी छुट प्राप्त गर्ने?

माइ डिसहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुपर्छ।

दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आइडी प्रयोग गरी लगइन गर्नुहोस।

होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो भर्चुअल प्रिभिलेज्ड कार्ड खोल्नुहोस।

कुनै पनि ट्रयाकुलिटी स्पा शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस।

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा तुषाल मल्टिभेन्युका आइटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका सिनियर कर्पोरेट हस्पिटालिटी एकाउन्ट अफिसर देवराज श्रेष्ठबीच एमओयूमा हस्ताक्षर भएको छ।

डिसहोम भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवद्र्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।

आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।

यो सहकार्यले डिशहोम परिवारलाई स्वस्थ, सहज तथा गुणस्तरीय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै तुषाल मल्टिभेन्युका प्रिमियम सेवा तथा सुविधाको पहुँच विस्तार गर्ने विश्वास गरिएको कम्पनीले जानकारी दिएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा आपसी लाभ र दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

डिशहोम र तुषाल मल्टिभेन्युबीचको यो सहकार्य ग्राहक केन्द्रित सेवा, वेलनेस प्रवद्र्धन तथा दीर्घकालीन रणनीतिक साझेदारीप्रतिको साझा प्रतिबद्धताको महत्वपूर्ण उदाहरण बनेको छ।

प्रकाशित: २०८३ असार १७ गते बुधबार ०३:४२
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना