२०८३ कार्तिक १२ गते बुधबार

नेपालको फास्टेस्ट बलर सिजन–३ मा १३३ किमि प्रतिघण्टा रेकर्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
5fd85421-6b34-4f41-b0fa-c3d0d347f147

काठमाडौं। नेपालभरका तीव्र गतिका बलरहरूको खोजी गर्ने उद्देश्यले वर्ल्डलिंकले आयोजना गरेको ‘नेपाल फास्टेस्ट बलर’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

दुई महिनासम्म देशका २३ वटा सहरमा सञ्चालन गरिएको यस प्रतियोगितामा देशभरबाट करिब २५ सय जना बलरहरूको सहभागिता रहेको थियो।

यस वर्षको प्रतियोगितामा अभिषेक कोइरालाले १३३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड कायम गरेका छन्। यसअघि पहिलो संस्करणमा प्रदीप जैसवालले १२५ किलोमिटर प्रतिघण्टा तथा दोस्रो संस्करणमा हिक्मत महराले १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विजेता भएका थिए।

प्रतियोगिताको अर्को आकर्षणका रूपमा वीरबहादुर घर्ती ले पनि १३० किमि प्रतिघण्टाको गति पार गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका छन्। प्रतियोगितामा विभिन्न उमेर र स्तरलाई समेट्ने गरी चार वटा विधामा प्रतिस्पर्धा गरिएको थियो।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी विशेष उपस्थितिका रूपमा सहभागी भएका थिए। प्रतियोगिताको सञ्चालन अन्तर्राष्ट्रिय क्रिकेट प्रस्तोता एन्ड्रयु लियोनार्डले गरेका थिए। उनले प्रतियोगिताका क्रममा विभिन्न सहरमा पुगेर सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरेका थिए।

प्रतियोगिताका विजेता अभिषेक कोइरालाले नगद एक लाख रुपैयाँ, प्रथम उपविजेता तथा ‘प्रमिसिङ ट्यालेन्ट’ घोषित वीरबहादुर घर्तीले नगद ५० हजार रुपैयाँ, तथा दोस्रो उपविजेता राजेन्द्र बमले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसका साथै विजेता अभिषेक कोइराला र प्रमिसिङ ट्यालेन्ट वीरबहादुर घर्तीले आगामी जुलाई महिनामा भारतस्थित प्रतिष्ठित जस्ट क्रिकेट एकेडेमी मा तीन महिनाको विशेष प्रशिक्षण अवसर प्राप्त गरेका छन्।

प्रशिक्षण अवधिमा उनीहरूले आधुनिक क्रिकेट प्रशिक्षण, बायोमेकानिक्स, स्किल डेभलपमेन्ट लगायतका क्षेत्रमा विशेषज्ञहरूसँग काम गर्ने अवसर पाउनेछन्। साथै, भारतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक र खेलाडीहरूसँग सिक्ने तथा अन्तरक्रिया गर्ने अवसर समेत प्राप्त गर्नेछन्।

गत वर्षका विजेता हिक्मत महराले समेत सोही प्रशिक्षण कार्यक्रम पूरा गरेपछि आफ्नो बलिङ गति उल्लेखनीय रूपमा सुधार गर्दै हाल १४४ किमि प्रतिघण्टासम्म बलिङ गर्न सफल भएका छन्। उनी हाल नेपाली घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धात्मक क्रिकेट खेलिरहेका छन्।

कार्यक्रमका प्रमुख प्रायोजक तथा क्रिकेट कनेक्टिभिटी पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाली क्रिकेटमा लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, विकास र प्रोत्साहनका लागि निरन्तर योगदान दिँदै आएको छ।
नेपाल क्रिकेट संघ (क्यान) तथा विभिन्न जिल्ला क्रिकेट संघहरूको सहकार्यमा सञ्चालन हुँदै आएको यो कार्यक्रम अहिले तेस्रो वर्षमा प्रवेश गरेको छ।

वर्ल्डलिंकले भविष्यमा पनि नेपाली क्रिकेटका प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने तथा उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २०८३ असार १७ गते बुधबार ०४:५६
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना