२०८३ कार्तिक २२ गते शनिवार

राष्ट्र बैंकले देशभर वित्तीय ग्राहकको सन्तुष्टि मापन गर्ने, ७७ जिल्लाका १० हजारभन्दा बढी ग्राहकसँग सर्वेक्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
nrb_head

काठमाडौँः नेपाल राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाका ग्राहकले सेवा लिँदा भोग्ने अनुभव, सन्तुष्टि र समस्याबारे अध्ययन गर्न ’वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार सर्वेक्षण देशका सबै ७७ जिल्लामा सञ्चालन हुनेछ। सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवाको गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन तथा ग्राहक संरक्षणको अवस्थाबारे ग्राहकको प्रत्यक्ष धारणा संकलन गरिनेछ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणलाई प्रतिनिधिमूलक र विश्वसनीय बनाउन महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहित सबै प्रकारका स्थानीय तह समेटिनेछन्। यसका लागि ¥यान्डम स्याम्पलिङ विधिमार्फत विभिन्न वडाहरू छनोट गरी १० हजार ४०५ जना वित्तीय ग्राहकबाट नमुना संकलन गरिनेछ।

सर्वेक्षणमा सहभागी ग्राहकसँग पाँच प्रमुख विषयमा जानकारी लिइने राष्ट्र बैंकले जनाएको छ। यसमा बैंक तथा वित्तीय संस्थाको सेवा कत्तिको सहज रूपमा उपलब्ध छ, सेवाको गुणस्तर कस्तो छ, ब्याजदर, शुल्क र अन्य सर्तबारे संस्थाले पर्याप्त जानकारी दिन्छन् कि दिँदैनन्, गुनासोको सुनुवाइ प्रभावकारी छ कि छैन तथा समग्र ग्राहक संरक्षणको अवस्था कस्तो छ भन्ने विषय समेटिनेछन्।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षणसम्बन्धी नीति निर्माण, नियामकीय व्यवस्थामा सुधार तथा बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउन महत्वपूर्ण आधार प्रदान गर्नेछ। साथै, वित्तीय सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुधारका क्षेत्र पहिचान गर्न पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकले सर्वेक्षणमा सहभागी हुने व्यक्तिको सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुने जनाएको छ। सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिन नचाहेमा नदिन सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सर्वेक्षणका क्रममा संकलन हुने सबै व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। ती विवरणहरू व्यक्तिगत रूपमा सार्वजनिक नगरिने र केवल समष्टिगत तथ्याङ्कीय विश्लेषण तथा नीतिगत प्रयोजनका लागि मात्र प्रयोग गरिने बैंकको भनाइ छ।

राष्ट्र बैंकले सर्वेक्षणलाई सफल बनाउन बैंक तथा वित्तीय संस्था, वित्तीय सेवाका ग्राहक, सरोकारवाला निकाय तथा आम नागरिकलाई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।

प्रकाशित: २०८३ असार १७ गते बुधबार ०६:१६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना