काठमाडौं – आईसीसी विश्वकप छनोटका आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्दैछ। जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोट्स क्लबमा दिउँसो पौने १ बजेबाट सुरु हुने खेलमा नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्न लागेको हो।
नेपालले टेस्ट राष्ट्रविरुद्ध खेल्न लागेको यो दोस्रो एक दिवसीय खेल हो। यसअघि यही छनोट प्रतियोगितामा नेपालले टेस्ट राष्ट्र जिम्बावेको सामना गरेको थियो। तर त्यो खेलमा नेपालले ८ विकेटको हार बेहोरिसकेको छ। त्यसैले आज नेपाल जितको लक्ष्यका साथ मैदान उत्रँदै छ।
पहिलो खेलमा हार बेहोरेको भए पनि नेपालले अमेरिकाविरुद्ध भने छ विकेटको जित निकालेको छ।
यता वेस्ट इन्डिजले पनि अमेरिकाविरुद्ध जित निकालेको थियो। उसले अमेरिकालाई ३९ रनले पहिलो खेलमा हराएको थियो। यो वेस्ट इन्डिजको दोस्रो खेल हो भने नेपालको तेस्रो खेल हो। नेपाललाई सुपर सिक्समा पुग्नका लागि अझै एक जित आवश्यक रहेको छ। त्यसैले नेपाल जितको लागि खेल्नेछ।


