२०८३ कार्तिक २२ गते शनिवार

लगानी र पुँजी परिचालनलाई प्राथमिकता दिन मौद्रिक नीतिमा महासंघको सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
fncci

काठमाडौँः नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा संरचनात्मक सुधारलाई प्राथमिकता दिँदै लगानी प्रवर्द्धन, पुँजी परिचालन र उत्पादनशील क्षेत्रमा कर्जा विस्तारलाई केन्द्रमा राख्न नेपाल राष्ट्र बैंकसमक्ष विस्तृत सुझाव पेश गरेको छ। महासंघले वर्तमान अवस्थामा अर्थतन्त्रको मुख्य चुनौती ब्याजदर नभई लगानीको अभाव र निजी क्षेत्रको घट्दो आत्मविश्वास रहेको जनाएको छ।

महासंघका अनुसार नेपालको बाह्य आर्थिक अवस्था मजबुत देखिए पनि आन्तरिक आर्थिक गतिविधि अझै सुस्त छ। वैदेशिक मुद्रा सञ्चिति २२.६ महिनाको वस्तु आयात धान्न सक्ने अवस्थामा पुगेको, चालु खाता र शोधनान्तर स्थिति उल्लेखनीय बचतमा रहेको तथा बाह्य क्षेत्रका अधिकांश सूचक सकारात्मक भए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन। बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको भए पनि उद्योग–व्यवसायमा लगानीको माग कमजोर रहँदा आर्थिक गतिविधिले गति लिन नसकेको महासंघको निष्कर्ष छ।

महासंघले अब ब्याजदर घटाउनेभन्दा पनि बैंकहरूको कर्जा प्रवाह क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ। धेरै बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम सीमाको नजिक पुगेकाले कर्जा विस्तारमा समस्या देखिएको उल्लेख गर्दै पुँजी पर्याप्तता, प्रोभिजनिङ व्यवस्था र नियामकीय लचकतामा सुधार गर्नुपर्ने सुझाव दिएको छ। साथै, बैंकहरूको स्वामित्वमा रहेका निष्क्रिय सम्पत्तिलाई बिक्री, भाडा वा सम्पत्ति व्यवस्थापन कम्पनीमार्फत पुनः अर्थतन्त्रमा परिचालन गर्न सके कर्जा विस्तारमा उल्लेखनीय सहयोग पुग्ने महासंघको भनाइ छ।

महासंघले कार्यशील पुँजी कर्जा सम्बन्धी विद्यमान व्यवस्थालाई सबै क्षेत्रमा एउटै ढाँचामा लागू गर्नु व्यावहारिक नभएको उल्लेख गर्दै उद्योग तथा व्यवसायको प्रकृतिअनुसार लचिलो व्यवस्था आवश्यक रहेको जनाएको छ। निर्माण, पर्यटन, उत्पादन तथा मौसमी व्यवसायको नगद प्रवाह फरक हुने भएकाले बैंक र व्यवसायीबीचको व्यावसायिक मूल्याङ्कनका आधारमा कर्जा संरचना निर्धारण गर्न सक्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुने तयारीमा रहेकाले निर्यातमुखी उद्योग, लघु तथा घरेलु उद्योग र महिला उद्यमलाई सहुलियतपूर्ण पुनर्कर्जा, जोखिम साझेदारी तथा लक्षित वित्तीय सुविधा उपलब्ध गराउनुपर्ने महासंघको माग छ। यस्ता व्यवस्था प्रतिस्पर्धात्मक क्षमता जोगाउन आवश्यक हुने उल्लेख गरिएको छ।

महासंघले सरकारको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र राष्ट्र बैंकको वित्तीय स्थायित्वको उद्देश्य एकअर्काका पूरक रहेको भन्दै उत्पादनशील क्षेत्रमा लक्षित कर्जा, बैंकिङ सुधार, दीर्घकालीन वित्तीय साधनको विकास र जोखिम व्यवस्थापनलाई समेट्ने दोस्रो पुस्ताको वित्तीय क्षेत्र सुधार अघि बढाउन आग्रह गरेको छ।

त्यसैगरी बजेटमा घोषणा गरिएका सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना, डिजिटल बैंकिङ विस्तार, फिनटेक मार्केटप्लेस, अफसोर बण्ड, डायस्पोरा बण्ड तथा स्वच्छ ऊर्जा बण्डजस्ता नवीन वित्तीय उपकरणको कार्यान्वयनलाई मौद्रिक नीतिले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने महासंघको सुझाव छ।

महासंघले अर्थतन्त्रमा अहिले पैसाको अभाव नभई विश्वास र लगानीको अभाव रहेको उल्लेख गर्दै आगामी मौद्रिक नीतिको सफलता ब्याजदरको स्तरले होइन, उत्पादनशील क्षेत्रमा पुँजी परिचालन, निजी क्षेत्रको लगानी पुनर्जीवन, रोजगारी सिर्जना र आर्थिक गतिविधिको विस्तारबाट मापन हुनुपर्ने धारणा व्यक्त गरेको छ।

प्रकाशित: २०८३ असार १९ गते शुक्रबार ०६:४९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना