काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ।