२०८३ कार्तिक २२ गते शनिवार

मौद्रिक नीतिका १२ महत्त्वपूर्ण एजेन्डा अझै अध्ययनकै चरणमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
nrb_head

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनमा मौद्रिक नीतिको कार्यान्वयन अवस्था, आर्थिक तथा मौद्रिक सूचक, तरलता व्यवस्थापन, ब्याजदरको अवस्था तथा प्रमुख नीतिगत व्यवस्थाको प्रगति समेटिएको छ।

प्रतिवेदनले मौद्रिक नीतिमा घोषणा गरिएका सबै कार्यक्रम कार्यान्वयन भइसकेका छैनन् भन्ने पनि देखाएको छ। अनुसूचीमा समावेश विवरणअनुसार १२ वटा महत्वपूर्ण नीतिगत विषय अझै अध्ययन तथा पुनरावलोकनकै चरणमा रहेका छन्।

अध्ययनमै रहेका १२ प्रमुख विषय

१. कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था
विद्यमान कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको अध्ययन गरी आवश्यक परे पुनरावलोकन गर्ने।

२. चेक बाउन्ससम्बन्धी व्यवस्था
चेक अनादरका कारण कालोसूचीमा पर्ने व्यवस्थालाई नीतिगत रूपमा सहज बनाउने।

३. कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)
तरलता कभरेज अनुपात (एलसीआर) र खुद स्थिर कोष अनुपात (एनएसएफआर) प्रभावकारी रूपमा लागू भएपछि कर्जा–निक्षेप अनुपातसम्बन्धी नियामकीय व्यवस्था पुनरावलोकन गर्ने।

४. हायर पर्चेज कम्पनीको नियमन
हायर पर्चेज कर्जा दिने कम्पनीहरूको स्वीकृति प्रक्रिया, उपयुक्तता तथा योग्यता परीक्षण, ब्याजदर गणना तथा सेवा शुल्कसम्बन्धी व्यवस्था संशोधन गर्ने।

५. नियो बैंक र डिजिटल भुक्तानी
सार्वजनिक निकायका भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा आबद्ध गर्ने तथा नियो बैंक सञ्चालनसम्बन्धी कानुनी र नीतिगत व्यवस्था अध्ययन गर्ने।

६. बैंक तथा वित्तीय संस्थाको वर्गीकरण
बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र कार्यक्षेत्र पुनरावलोकन गर्न विस्तृत अध्ययन गर्ने।

७. लघुवित्त सुधार
लक्षित वर्गसम्म कर्जा पुगेको सुनिश्चित गर्न लघुवित्त संस्थाको लक्षित वर्ग, ऋणीको योग्यता र कर्जा मापदण्ड पुनरावलोकन गर्ने।

८. सुन आयात र बिक्री व्यवस्था
अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा सरकारसँग समन्वय गरी सुन आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने।

९. विप्रेषण कम्पनीको वर्गीकरण
विप्रेषण (रेमिट्यान्स) कम्पनीलाई पुँजी र कारोबारका आधारमा वर्गीकरण गर्ने विषयमा अध्ययन गर्ने।

१०. विदेशी मुद्राको दायरा विस्तार
बङ्गलादेश र श्रीलङ्कालगायत मुलुकका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा समावेश गर्दै विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने।

११. डिजिटल पूर्वाधारमा लगानी
डेटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा विदेशी लगानी सहजीकरण गर्ने र यस्ता परियोजनामा बैंकहरूको सहवित्तीयकरणलाई प्रोत्साहन गर्ने।

१२. चेकको प्रयोग घटाउने रणनीति
विद्युतीय भुक्तानीलाई थप प्रवद्र्धन गर्दै चेकमार्फत हुने कारोबार क्रमशः घटाउने रणनीति कार्यान्वयन गर्ने।

राष्ट्र बैंकले यी विषयमा आवश्यक अध्ययन, कानुनी सुधार तथा नीतिगत निर्णयपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाएको छ। प्रतिवेदनले मौद्रिक नीतिमा समेटिएका दीर्घकालीन सुधारका एजेन्डामध्ये केहीमा अझै थप तयारी आवश्यक रहेको संकेत गरेको छ।

प्रकाशित: २०८३ असार २३ गते मङ्गलबार ०१:२६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना