२०८३ कार्तिक २२ गते शनिवार

टेलिकम बिलिङ प्रकरण: सुनिल पौडेलसहित सबैले पाए सफाइ, संगीताको पद के हुन्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
bishesh-Adalat

काठमाडौँ: नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत र स्तरोन्नतिका क्रममा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ।

मंगलबार  न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने सबै कर्मचारी र विदेशी कम्पनीका प्रतिनिधिहरूलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियारले नेपाल टेलिकम र चिनियाँ कम्पनी एसिया इन्फोबीच भएको सम्झौतामा ५ प्रतिशत छुट नलिई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको भन्दै ३३ करोड ४८ लाख १९ हजार ७३० रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशकसहित, मुद्दा चलेपछि निलम्बनमा परेकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कर्मचारीहरू प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनीता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसी, हेमप्रभा कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ र परमात्मा भट्टराईलाई प्रतिवादी बनाइएको थियो।

यस्तै आर्निको इन्टरनेशनलको तर्फबाट निर्देशक शैलेश श्रेष्ठ, एसिया इन्फो युआनहाङ सफ्टवेयर (बेइजिङ) लिमिटेडका तर्फबाट सीईओ लङ योङ र एसिया इन्फोका प्रोजेक्ट म्यानेजर हवाङ वेई प्रतिवादी थिए।

तर उनीहरूमाथि अख्तियारको दाबी नपुग्ने भन्दै विशेष अदालतले सफाइ दिने फैसला गरेको हो।

अदालतले सफाइ दिन सन् २०११ को मुख्य सम्झौता र सन् २०२३ जनवरी ८ मा गरिएको सम्झौताको प्रकृति फरक रहेको देखिएको तर्क दिएको छ। २०११ को सम्झौतामा ५ प्रतिशत छुटको व्यवस्था भए पनि नयाँ सम्झौता प्याकेज आधारमा गरिएको र यसमा थप सुविधाहरू समावेश भएको अदालतको ठहर छ।

प्रतिवादी अमुल प्रधानको संयोजकत्वमा गठित टोलीले गरेको वार्ताबाट एसिया इन्फोले ५ प्रतिशत छुटको सट्टा १३ वटा नयाँ हार्डवेयर मोड्युल तथा सफ्टवेयरहरू निःशुल्क उपलब्ध गराएको देखिएको, फाइभजी सेवा सञ्चालनका लागि आवश्यक डेटा माइग्रेसन र अन्य प्राविधिक कामहरू समेत सोही प्याकेजमा समावेश भएकोले संस्थालाई हानी भन्दा बढी लाभ भएकाले बदनियत नदेखिएको ठहर अदालतले गरेको छ।

यस फैसलापछि अब भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) पुन: प्रबन्ध निर्देशकमा फर्किनेछिन्।

प्रकाशित: २०८३ असार २५ गते बिहिबार ०६:३९
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना