काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरिएको जनाएको छ। बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ।
निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।


