काठमाडौँः साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। शुक्रबार (आज) नेप्से परिसूचक १.१३ अंक घटेर २६००.७८ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा यस दिन ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँबराबरको धितोपत्र खरिदबिक्री भएको छ।
आज आत्मनिर्भर लघुवित्तको सेयर सबैभन्दा बढी बढेको छ । यस दिन सबैभन्दा बढी ८९ करोड रुपैयाँ भन्दा बढीको ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ कारोबार भएको छ ।


