२०८३ कार्तिक २२ गते शनिवार

निष्क्रिय बैंक खाता जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २७
bank_account

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउन नयाँ व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापन सम्बन्धी नयाँ प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्था अनुसार अब ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत बन्द गर्न सक्नेछन्।

ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता पुनः सक्रिय गराउन सक्नेछन्।

केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी २०८३ साल पुस मसान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन बैंकहरूले खाता निष्क्रिय हुने समयअघि नै फोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनुपर्नेछ।

यस्तै, निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

प्रविधिको दुरुपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र बैंकले थप कडाइ गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न बैंकहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ।

त्यसैगरी, निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने शंकास्पद आर्थिक कारोबार (मनी म्युल) तथा अन्य वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा सूचना तथा सचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्ता गैरकानुनी वित्तीय गतिविधि पहिचान र नियन्त्रणका लागि बैंकहरूले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

 

प्रकाशित: २०८३ असार २७ गते शनिवार ०९:४७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना