२०८३ कार्तिक २२ गते शनिवार

बालेन सरकार बनेयता सेयर ४०० अंक घट्यो,बजार ७ महिनाकै न्यून बिन्दुमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २९
nepse6

काठमाडौँः केही महिनादेखि सेयर बजार लगातार दबाबमा छ। दबाबका कारण बजार निरन्तर ओरालो लागेको छ। सरकारको बजेट र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलेसमेत सेयर बजारलाई विश्वास दिन सकेन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सोमबार २ हजार ५७०.१८ बिन्दुमा बन्द हुँदै सात महिनायताकै न्यून स्तरमा झरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि सेयर बजारमा सुधार आउने र नयाँ उचाइ कायम हुने अपेक्षा लगानीकर्ताको थियो। तर, त्यसविपरीत सरकार गठन भएयता नेप्से करिब ४०० अंक घटेको छ।

सरकारले शपथ लिनुअघि अर्थात् चैत १२ गते नेप्से २ हजार ९५०.१६ बिन्दुमा थियो। त्यसयता बजार निरन्तर दबाबमा रहँदै सोमबार २ हजार ५७०.१८ बिन्दुमा आइपुगेको हो।

यसअघि गत मंसिर ४ गते नेप्से २ हजार ५६० बिन्दुमा बन्द भएको थियो। त्यसपछि बजारले चैत ११ गते २ हजार ९७० बिन्दुसम्मको उच्च स्तर छोए पनि पछिल्ला महिनामा लगातार ओरालो लागेको देखिन्छ।

सेयर बजारको कारोबार हेर्दा बजेट सार्वजनिक भएपछि पनि बजारले सकारात्मक गति लिन सकेन। लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा कानुनी व्यवस्था गर्ने विषय यस वर्षको बजेटमा समेटिएको थियो।

गैरआवासीय नेपाली (एनआरएन) लाई सेयर बजारमा आकर्षित गर्ने, नेप्सेको पुनर्संरचनालगायत बजार सुधारका विभिन्न कार्यक्रम पनि घोषणा गरिएका थिए। ती व्यवस्थाले तत्काल बजारमा अपेक्षित प्रभाव पार्न सकेनन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुअघि जेठ १३ गते नेप्से २ हजार ७८२ बिन्दुमा बन्द भएको थियो। जेठ १५ गते बजेट सार्वजनिक भएपछि भएको पहिलो कारोबारमै नेप्से २६.७२ अंकले घटेर २ हजार ७५५ बिन्दुमा झरेको थियो। त्यसयता मात्रै पनि बजार करिब ८६ अंकले घटिसकेको छ।

बजेटपछि पनि बजारमा सुधार नआएपछि लगानीकर्ताको ध्यान नेपाल राष्ट्र बैंकको मौद्रिक नीतितर्फ केन्द्रित भएको थियो। तर, असार २३ गते सार्वजनिक भएको मौद्रिक नीतिले पनि सेयर बजारमा ठूलो उत्साह ल्याउन सकेन।

मौद्रिक नीतिमा राम्रो वित्तीय अवस्था र बलियो नेटवर्थ भएका कम्पनीको सेयर धितोमा तुलनात्मक रूपमा बढी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। लगानीकर्ताले अपेक्षा गरेका केही नीतिगत सहुलियत नआएकाले बजारमा सकारात्मक प्रभाव सीमित देखिएको छ।

प्रकाशित: २०८३ असार २९ गते सोमबार ०४:२६
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना