२०८३ कार्तिक ११ गते मङ्गलबार

ऋण विस्तारले लिएन गति, ११ महिनामा तीन खर्ब ४० अर्ब मात्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २९
loan

काठमाडौं। चालू आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले लिएको कर्जा विस्तार लक्ष्य पुरा नहुने भएको छ। अर्थतन्त्र सुस्तसँगै कर्जा विस्तार गत वर्षको भन्दा कम हुने राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको ११ महिनाका आर्थिक तथा वित्तीय स्थितीमा उल्लेख छ।

गत जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ६.२ प्रतिशत विस्तार भएको छ। चालू आर्थिक वर्षमा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो। यस्तै आगामी आर्थिक वर्षमा ११ प्रतिशतको लक्ष्य लिएको छ।

साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा तीन खर्ब ४० अर्ब ५७ करोड रुपैयाँ मात्र कर्जा थपिएको छ। अघिल्लो वर्षको सोही अवधिमा आठ प्रतिशत बढेको थियो।

२०८२ जेठसम्म चार खर्ब सात अर्ब ६२ करोड रुपैयाँ कर्जा बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.५ प्रतिशत बढेको छ।

२०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ र ३७ प्रतिशत थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.३, विकास बैंकहरूको ५.६ र वित्त कम्पनीहरूको ३.९ प्रतिशत बढेको छ।

२०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.७ प्रतिशत रहेको छ।

घरजग्गा धितो सुरक्षणमा ६३.६ प्रतिशत छ। २०८२ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ र ६५ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फ १५.१, उपभोग्य क्षेत्रतर्फ १३, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १२.५, औद्योगिक उत्पादन क्षेत्रतर्फ ६.८, सेवा उद्योगमा ४ र वित्त, बिमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशत बढेको छ।

यसबीचमा कृषि क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.७, मार्जिन प्रकृतिको कर्जा १५.८, हायर पर्चेज कर्जा १०.३, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.३, माग तथा अन्य चालू पुँजी कर्जा ५.८, आवधिक कर्जा ४.३ प्रतिशत बढेको छ। क्यास क्रेडिट कर्जा ०.३ र अधिविकर्ष (ओभर ड्राफ्ट कर्जा ०.४ प्रतिशत घटेको छ।

निक्षेप साढे सात खर्ब

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशत बढेको छ। गत साउनदेखि जेठसम्म कूल सात खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप आठ प्रतिशत अर्थात पाँच खर्ब १७ अर्ब ६० करोड रुपैयाँ थपिएको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशत बढेको छ।

गत जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९, ४६.६ र ३७.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.७, ३६.२ र ५०.२ प्रतिशत थियो।

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.७ प्रतिशत रहेको छ। २०८२ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३५.५ प्रतिशत थियो।

ब्याजदर पनि घट्यो

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२९, विकास बैंकहरूको ३.६२ र वित्त कम्पनीहरूको ४.४६ प्रतिशत रहेको छ। २०८२ जेठ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.२९, विकास बैंकहरूको ५.०२ र वित्त कम्पनीहरूको ६.०९ प्रतिशत थियो।

त्यसैगरी, २०८३ जेठ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.६४, विकास बैंकहरूको ७.७१ र वित्त कम्पनीहरूको ८.९० प्रतिशत छ।। २०८२ जेठ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.९९, विकास बैंकहरूको ९.४० र वित्त कम्पनीहरूको १०.२२ प्रतिशत थियो।

२०८३ जेठ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.८८, विकास बैंकहरूको ६.८६ र वित्त कम्पनीहरूको ७.१६ प्रतिशत छ। २०८२ जेठ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.०९, विकास बैंकहरूको ८.२९ र वित्त कम्पनीहरूको ९.०२ प्रतिशत थियो।

प्रकाशित: २०८३ असार २९ गते सोमबार ०९:१२
प्रतिक्रिया

थप समाचार

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना