काठमाडौँः साताको दोस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य यस दिन सर्वाधिक १०.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० को मूल्य यस दिन सर्वाधिक ९.६८ प्रतिशत घटेको छ।
यस दिन ५२ करोड ७१ लाख रुपैयाँबराबरको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०को कारोबार भएको छ ।


