२०८३ कार्तिक २२ गते शनिवार

सेयर बजारमा ‘सर्ट सेलिङ’ प्रणाली ल्याउने तयारी, बजार घट्दा पनि लगानीकर्ताले कमाउन सक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
58b3d67c-c8d3-4700-b62e-fb23b754aaf0_33fb09cf

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी गरेको छ। यो व्यवस्था कार्यान्वयनमा आएपछि सेयर बजार बढ्दा मात्रै होइन, बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल आर्जन गर्न सक्नेछन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार विकास गर्न सर्ट सेलिङ प्रणाली आवश्यक रहेको बताए।

उनका अनुसार हाल नेपाली सेयर बजारमा बजार निरन्तर बढिरहनुपर्छ भन्ने धारणा हावी छ। तर, कुनै पनि मुलुकको पुँजी बजार सधैं उकालो मात्रै नलाग्ने भएकाले बजार घट्नु पनि स्वाभाविक प्रक्रिया भएको उनले उल्लेख गरे।

अध्यक्ष भट्टले बोर्डको जिम्मेवारी बजारलाई बढाउने वा घटाउने नभई सबै लगानीकर्ताका लागि निष्पक्ष र प्रतिस्पर्धी वातावरण तयार गर्नु रहेको स्पष्ट पारे। बजारमा दुवै अवस्थाका लगानीकर्ताले समान अवसर पाउने व्यवस्था गर्न सर्ट सेलिङ प्रणाली ल्याउन लागिएको उनको भनाइ थियो।

सर्ट सेलिङ लागू भएपछि मूल्य घट्ने अनुमान गरेका लगानीकर्ताले सापटीमा सेयर लिएर बिक्री गर्न सक्नेछन्। त्यसपछि सेयरको मूल्य घटेपछि पुनः खरिद गरेर फिर्ता गर्दा बिक्री र खरिद मूल्यबीचको अन्तरबाट नाफा कमाउन सकिनेछ। त्यसैगरी, मूल्य बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले हालको व्यवस्थाअनुसार सेयर खरिद गरी मूल्य बढेपछि बिक्री गरेर प्रतिफल लिन सक्नेछन्।

अध्यक्ष भट्टले यस्तो प्रणालीले बजारमा एकतर्फी मनोविज्ञान अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार बजार घट्नेबित्तिकै नियामकमाथि दबाब सिर्जना हुने अवस्था पनि क्रमशः कम हुँदै जानेछ।

उनले बजारमा फैलिने अफवाह तथा भ्रामक सूचनाको प्रभाव नियन्त्रण गर्न बोर्डले थप नीतिगत व्यवस्था र नियामकीय संयन्त्रलाई पनि सुदृढ बनाउने जानकारी दिए। बोर्डले आगामी दिनमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार आधुनिक वित्तीय उपकरण र कारोबार प्रणाली विस्तार गर्दै नेपाली पुँजी बजारलाई थप परिपक्व बनाउने लक्ष्य लिएको उनले बताए।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ०१:३९
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना