२०८३ साउन ११ गते सोमबार

बरुण बेभरेजको नौ महिनामा छ अर्बको पेप्सी र माउन्टेन ड्यु व्यापार,सर्वोच्चमा तीन अर्ब बढीको कर विवाद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
pepsi

काठमाडौँ: बहुराष्ट्रिय कम्पनी बरुण बेभरेज प्रालिले नौ महिनामा झण्डै छ अर्ब रुपैयाँबराबरको पेयपदार्थको व्यापार गरेको छ। बरुण बेभरेजले नौ महिनामा पाँच अर्ब ८७ करोड ९० लाख रुपैयाँबराबरको पेप्सी, ड्यु, मिरन्डा, स्लाइसलगायत हल्का पेयपदार्थको व्यापार गरेको हो।

गत वर्ष कम्पनीले आठ अर्ब ७५ करोड ७० लाख रुपैयाँको पेय पदार्थ व्यापार गरेको थियो। यस्तै २०२४ मा सात अर्ब ७४ करोड ७० लाख, २०२३ मा सात अर्ब ६२ करोड ७० लाख र २०२२ मा आठ अर्ब दुई करोड रुपैयाँ बढीको पेप्सी, माउन्टेन डिउ र स्लाइस, मिरिन्डालगायत हल्क पेयपदार्थको व्यापार गरेको जनाएको छ।नौ महिनामा बरुणको मार्जिन बढेर २७.६ प्रतिशत पुगेको छ। २०२५ मा २६.१ प्रतिशत थियो।

कूल व्यापारमा माउन्टेन ड्युको हिस्सा ८६ प्रतिशत छ। नेपाली बजारमा हिस्सा ४३ प्रतिशत रहेको जानकारी दिएको छ।

कम्पनीको राजधानीको पेप्सीकोला र नवलपरासीमा उत्पादन प्लान्टहरु सञ्चालनमा छन्। उद्योगबाट सोडा, सेभेन अपलगायत हल्क पेय पदार्थ पनि उत्पादन हुँदै आएको छ।पेप्सी कम्पनी विश्वव्यापी हल्क पेयपदार्थ भएको ग्लोबल ब्राण्ड हो। नेपालमा बरुण बेभरेज इन्डियाको लगानी छ।

बरुण बेभरेज र सरकारबीच कर विवाद अहिले सर्वोच्च अदालतमा रहेको छ। कर अधिकारीहरूसँग कम्पनीको चलिरहेको कानुनी विवाद मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्कसँग सम्बन्धित विभिन्न मुद्दाहरू रहेका छन्। हालसम्म ३.३ अर्ब रुपैयाँ बराबरको विवादित रकम रहेको छ।

हालैका दिनहरूमा सम्बन्धित निकायहरूबाट उक्त विवादित रकममा उल्लेख्य करिब ६९ प्रतिशत कटौती गरिएको छ। यद्यपि, यससम्बन्धी सर्वोच्च अदालतको अन्तिम फैसला आउन बाँकी छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा करिब ८१ करोड ४० लाख रुपैयाँ बराबरको कर व्यवस्था फिर्ता लियो। बाँकी रहेको व्यवस्थाले हाल विवादित दायित्वको करिब ७३ प्रतिशत हिस्सा ओगटेको छ।

बरुण बेभरेजले उच्च नगद लाभांश वितरण गर्दै आएको छ। (आर्थिक वर्ष २०२४ र २०२५ को नाफाको क्रमशः करिब १०२ र ९२ प्रतिशत रकम आर्थिक वर्ष २०२५ तथा २०२६ को पहिलो नौ महिनामा लाभांश स्वरूप वितरण गरिएको छ। कर अधिकारीहरूसँग राखिएको धरौटी विवादित रकमको करिब २३ प्रतिशत ओगट्ने राम्रो आन्तरिक आम्दानी र आर्थिक रूपमा सक्षम प्रवद्र्धकले भने राहत वा भरोसा प्रदान गर्छ।

वरुणको नाफा कमाउने क्षमता मुख्यतया चिनी र कन्सेन्ट्रेट जस्ता विभिन्न कच्चा पदार्थको मूल्यमा हुने उतार चढावबाट प्रभावित हुन सक्ने अवस्थामा छ। यद्यपि, चिनीमा लाग्ने आयात महसुलमा गरिएको कटौती आर्थिक वर्ष २०२५ को ३० बाट घटाएर आर्थिक वर्ष २०२६ मा १५ प्रतिशतमा झारिएकाले कम्पनीको मार्जिनलाई टेवा पुर्याएको छ।

तर, यस्ता नियमनमा हुने कुनै पनि प्रतिकूल परिवर्तनले कम्पनीको नाफामा असर पार्न सक्छ। किनभने कच्चा पदार्थ कम्पनीको लागत संरचनाको एक प्रमुख हिस्सा हो। यो सञ्चालन आम्दानीको ४० देखि ४३ प्रतिशत हुन आउछ।

कम्पनीले लागतमा भएको वृद्धिको अधिकांश भार ग्राहकमा सार्न सफल भएको छ। भविष्यमा कच्चा पदार्थ वा अन्य कच्चा वस्तु लागतमा हुने थप वृद्धिलाई पनि निरन्तर रूपमा सार्न सक्ने क्षमता यसको सञ्चालन तथा वित्तीय स्थितिका लागि निर्णायक रहनेछ। कम्पनीले उत्पादन केन्द्रीकरण जोखिमको पनि सामना गरिरहेको छ।

कम्पनी भारतको बरुण बेभरेजको पूर्ण स्वामित्वको सहायक कम्पनी हो। बरुण बेभरेज भारत र श्रीलंका लगायतका विभिन्न देशहरूमा पेप्सिकोको आधिकारिक बोटलर पेय पदार्थ उत्पादक तथा वितरक हो।

यसको वित्तीय साख निकै बलियो छ। प्रवर्तक कम्पनीले सहायक कम्पनीलाई पर्याप्त सहयोग प्रदान गर्दै आएको छ। यसको उदाहरणका रूपमा आर्थिक वर्ष २०२३ मा नवलपरासीस्थित प्लान्टको क्षमता विस्तारमा पूर्ण स्वपुँजी (इक्विटी) मार्फत गरिएको लगानीलाई लिन सकिन्छ।

यसले वरुणलाई आफ्नो पुँजीगत संरचना सुदृढ तथा सन्तुलित अवस्थामा कायम राख्न मद्दत पुर्याएको छ।

बरुण वेभरेज सन् १९८५ मा स्थापना भएको हो।

प्रकाशित: २०८३ साउन ५ गते मङ्गलबार १२:००
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना