२०८३ कार्तिक २१ गते शुक्रबार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
rameshowre

काठमाडौँ: सिमराको पर्यटन र व्यावसायलाई नयाँ उचाइ दिने लक्ष्यका साथ प्रतिष्ठित व्यवसायी क्याप्टेन रामेश्वर थापाले दुई अर्ब रुपैयाँको लगानीमा पाँचतारे होटेल अन्नपूर्ण भिस्टा रिट्रिट निर्माण सुरु गरेका छन्। थापाले एक अर्ब ९७ करोड रुपैयाँ लगानीमा अन्नपूर्ण भिस्टा रिट्रिट पाँचतारे होटेल निर्माण गरिरहेका छन्।

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ। कुल लागतमध्ये ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ।

होटल परियोजना निर्माणको प्रारम्भिक चरणमा छ। जग्गा प्राप्ति भइसकेको छ। खन्ने कार्य जारी छ। होटल परियोजना छ हजार वर्गमिटर क्षेत्रफलमा हुनेछ। होटल आगामी सन् २०२८ मा निर्माण सकेर सन् २०२९ देखि व्यापारिक सञ्चालनमा ल्याउने योजना रहेको छ।

निर्माणाधीन होटलमा ११७ कोठाहरु हुनेछन्। होटेलमा फुड एन्ड वेभरेज, स्वीमिङ पुल, कन्फरेन्स एन्ड ब्यांक्वेट हल, स्पा र क्यासिनोलगायत सम्पूर्ण पाँचतारे सुविधा हुने अन्नपूर्णले जनाएको छ । होटेल पूर्वाधार ६ हजार वर्गमिटरमा फैलनेछ।

होटेल सिमरा विमानस्थलबाट तीन किलोमिटर दूरीमा रहनेछ। नेपाल–भारत सीमा रक्सौलबाट २० किलोमिटर दूरीमा छ। निर्माणधीन होटेल विशेष गरी भारतीय पर्यटक लक्षित छ । त्यसले व्यापार र सीमापार वाणिज्यका निम्ति महत्वपूर्ण विन्दुका रूपमा काम गर्छ।

प्रकृति र वन्यजन्तुमा रुचि राख्ने आगन्तुकका निम्ति लोकप्रिय गन्तव्य पर्सा राष्ट्रिय निकुञ्जको नजिक भएका कारण बारामा पर्यटकको उच्च आवतजावत हुने गरेको छ।

अन्नपूर्ण भिस्टा गत वर्ष स्थापना गरिएको हो। कम्पनीको अध्यक्षमा थापा रहेका छन्। उनी सिम्रिक एयर, अन्नपूर्ण मिडिया नेटवर्क, अन्नपूर्ण रेडियो र एपी वान टेलिभिजनका अध्यक्ष हुन्।

यस्तै
नेपालको होटेल उद्योगमा तीव्र प्रतिस्पर्धा छ। ठूला लगानीमा प्रमुख सहर र पर्यटकीय गन्तव्यहरुमा धमाधम पाँचतारे होटेल खुल्ने क्रम बढेको छ। बैंकहरुले पनि होटल परियोजनामा खर्बौं रुपैयाँ लगानी गरिसकेका छन्।

होटल परियोजनाको निर्माण अवधि लामो हुन्छ। प्रिमियम होटेल निर्माण गर्न तीनदेखि चार वर्ष लाग्छ। सञ्चालन स्थिरीकरण गर्न थप दुईदेखि तीन वर्ष लाग्न सक्छ।

यसबाहेक प्रिमियम होटेलमा ठूलो लगानी आवश्यक पर्छ। ग्राहकलाई आकर्षित गर्न, अकुपेन्सीस्तर कायम राख्न, आफ्नो ब्रान्ड स्थापना गर्न र परिकल्पना गरिएअनुसार होटेलबाट लाभ उठाउन लामो समय लाग्ने गर्छ।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०७:३२
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना