२०८३ कार्तिक २१ गते शुक्रबार

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
Driving Naari Nepal PHOTO-2

काठमाडौँ: विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत काठमाडौँमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ। सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो।

अप्रिल २०२६ मा सुरु भएको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको हो। महिलालाई परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको पेसामा प्रवेश गर्न बाधा पु¥याउने सामाजिक तथा व्यावहारिक अवरोधलाई कम गर्न पनि कार्यक्रमले जोड दिएको छ।

प्रशिक्षण अवधिभर सडक सुरक्षालाई व्यावसायिक दक्षताको महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो। सहभागीहरूलाई व्यावहारिक राइडिङ प्रशिक्षणसँगै सडक सुरक्षासम्बन्धी मार्गदर्शन प्रदान गर्नुका साथै औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा समेत सहयोग गरिएको थियो।

प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट तथा प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट प्रदान गरिएको थियो।

व्यक्तिगत सुरक्षालाई पनि प्रशिक्षणको छुट्टै महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो। फाइटब्याक नेपाल सँगको सहकार्यमा उन्नत आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई सम्भावित सुरक्षा चुनौती पहिचान गर्न, आत्मविश्वास बढाउन र आवश्यक अवस्थामा व्यवहारिक रूपमा सामना गर्न सक्ने सीप विकास गर्न सहयोग गरेको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले भने, ‘सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो र यसमा प्रत्येक चालकको महत्वपूर्ण भूमिका हुन्छ। हामी सहभागीहरूलाई ट्राफिक नियमको पालना गर्न, सडकमा सधैं सचेत रहन र अनुभव बढाउँदै निरन्तर सिकिरहन आग्रह गर्छौं। सबै सहभागीलाई बधाई दिँदै व्यावसायिक चालकका रूपमा उनीहरूको सुरक्षित र सफल यात्राका लागि शुभकामना व्यक्त गर्दछौं।’

मोबिलिटीमा महिलाको पहुँच विस्तार

यस समूहका महिलाका लागि सवारी चालक अनुमतिपत्र केवल आम्दानीको माध्यम मात्र नभई आफ्नो काम, शिक्षा, स्वास्थ्य सेवा तथा बजारसम्म आफ्नै समयअनुसार स्वतन्त्र रूपमा पुग्ने अवसर पनि हो। यसले सार्वजनिक यातायातको समयतालिका वा परिवारका अन्य सदस्यमा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुर्‍याउँछ।

दुईपाङ्ग्रे सवारीमा आधारित राइड–हेलिङ सेवाले चारपाङ्ग्रे सवारी पुग्न कठिन हुने साँघुरा गल्ली तथा अन्तिम गन्तव्यसम्म पनि सेवा पु¥याउन सक्छ। सामान्यतया यसको भाडा पनि चारपाङ्ग्रे सवारीको तुलनामा कम हुने गर्दछ। राइड–हेलिङ सेवामा महिलाको सहभागिता बढ्दा यात्रुहरूले आफूलाई उपयुक्त चालक छनोट गर्ने थप अवसरसमेत पाउनेछन्।

प्रमाणपत्र वितरण समारोह

प्रमाणपत्र वितरण समारोहमा साझेदार संस्थाका प्रतिनिधि, सरकारी निकायका सरोकारवाला, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

समारोहमा इनड्राइभका प्रतिनिधि तथा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो प्रदान गरे। कार्यक्रममा सहभागी १० जना महिलाको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ यात्रालाई समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो।

समारोहका क्रममा सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो। यी सामग्रीले उनीहरूलाई व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इनड्राइभ साउथ एसियाकि कम्युनिकेसन म्यनाजर शेरिन एर्विना कौरले भनिन्, ‘हामीले विभिन्न बजारमा एउटै अवस्था देखिरहेका छौं, राइड माग्ने यात्रुमध्ये धेरै महिला छन्, तर उनीहरूलाई राइड दिने चालकमा महिलाको संख्या निकै कम छ। यो महिलाले यस्तो काम गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने विषय थिएन। मुख्य प्रश्न उनीहरूका लागि यो पेसामा प्रवेश गर्ने बाटो उपलब्ध थियो कि थिएन भन्ने थियो। नेपालमा सञ्चालन गरिएको पहिलो समूहले तालिम, लाइसेन्स र प्लेटफर्ममा पहुँचलाई एउटै यात्राका रूपमा जोड्दा कस्तो परिवर्तन सम्भव हुन्छ भन्ने देखाएको छ। हामी अन्य बजारमा पनि यसबाट सिक्दै कार्यक्रमलाई अघि बढाउनेछौं।’

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले भनिन्, ‘सीप विकास तालिम यस यात्राको एउटा हिस्सा मात्र हो। सामाजिक सोच र धारणाले पनि उत्तिकै महत्व राख्छ, र महिलाले ड्राइभिङ सुरु गरेपछि उनी प्रवेश गर्ने वातावरण पनि महत्वपूर्ण हुन्छ। ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलालाई लाइसेन्स प्राप्त गर्नेदेखि आत्मविश्वास विकास गर्ने, परिवारमा यसबारे संवाद गर्ने र आम्दानीको अवसर सिर्जना गर्नेसम्म हरेक पक्षमा सहयोग गर्ने गरी तयार गरिएको हो। जब धेरै महिलाहरू यो पेसामा आउँछन्, यात्रुहरूले पनि लाभ पाउँछन्, उनीहरूसँग आफूलाई राइड गराउने चालक छनोट गर्ने थप विकल्प हुन्छ।’

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलाका लागि थप सहयोगी वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो। जब धेरै महिलाहरूले सवारीको स्टेयरिङ समाउँछन्, उनीहरूले नेपाललाई थप समावेशी भविष्यतर्फ अघि बढाउन पनि भूमिका खेलिरहेका हुन्छन्।’

इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले भनिन्, ‘‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ ले अन्यायलाई चुनौती दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने इनड्राइभको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। मानिस र समानतालाई केन्द्रमा राखेर अघि बढाइएको यस पहलको हिस्सा बन्न पाउँदा म गर्व गर्छु।’

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार ०६:०५
प्रतिक्रिया

थप समाचार

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...

म्याक्स टाइगर दशैँ धमाका: तीन जनाले जिते मोटरसाइकल, एकलाई स्कुटर

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिंक ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका चार जना विजेताले पुरस्कार प्राप्त गरेका छन् । काठमाडौँ र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना