काठमाडौँ: मुलुकमा अर्बौं रुपैयाँ निजी लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितका अस्पताल सञ्चालनमा आउन थालेका छन्। यस्ता दर्जनौं नयाँ अस्पतालहरू पाइपलाइनमा छन। सञ्चालनमा रहेका अस्पतालहरूले पनि क्षमता बढाएर मल्टिस्पेसियालिटीमा परिणत गर्न थालेका छन्।
यसैबीच निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेसनल अस्पताल एन्ड मेडिकल कलेजले आफ्नो सेवा र क्षमतामा उल्लेख्य विस्तार गर्दैछ। बीएलसी ग्लोबल होल्डिङ्स अन्तर्गतको यस अस्पतालले ३ अर्ब ३२ करोड रुपैयाँको थप लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको नयाँ पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ। आगामी माघसम्म सञ्चालनमा ल्याउने तयारी भएको नर्भिकले जनाएको छ।
२०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण निर्माण सुरु भएको हो। गत वर्षको अप्रिलसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि समयमै काम नसकिएपछि थप एक तलाको निर्माण, उपकरणको विशिष्टतामा परिवर्तन र बिक्रेतासम्बन्धी हेरफेरका कारण परियोजना लम्बिएको हो। यसकारण परियोजनाको लागत पनि संशोधन भएको छ। यसअघि तीन अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।
हाल ११६ शैय्या सञ्चालनमा रहेकोमा क्षमता बढेपछि २७५ पुग्नेछ। १५९ बेड थप्न लागेको अस्पतालले जनाएको छ। क्षमता विस्तारमा नर्भिकले तीन अर्ब ३२ करोड रुपैयाँ बढी लगानी थपेको छ।
नर्भिकले संशोधित परियोजना लागतको करिब ५८ प्रतिशत खर्च गरिसकेको छ। यस क्रममा सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने चिकित्सा उपकरण खरिद प्रक्रिया सन्तोषजनक रूपमा अघि बढिरहेको छ।
बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक अस्पताल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल
नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।
अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बनेको छ।
राजनीतिक अवरोध, निर्वाचन, र चिकित्सा उपकरण आयातमा आपूर्ति श्रङखलासम्बन्धी चुनौतीहरू जस्ता बाह्य कारणले सिर्जित ढिलाइ भएको हो। एक अर्ब ८७ करोड ६० लाख रुपैयाँ ऋणको व्यवस्थापन भइसकेको छ। बाँकी रकमको जोहोसम्बन्धी छलफल अन्तिम चरणमा पुगेको छ।
नौ महिनामा दुई अर्ब बढीको व्यापार
नर्भिकले चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब चार करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सन् २०२५मा अस्पतालले दुई अर्ब २६ करोड ३० लाख, २०२४ मा दुई अर्ब तीन करोड ३० लाख र २०२३ मा एक अर्ब ९४ करोड रुपैयाँ व्यापार गरेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
विरामीको संख्या बढेको र अकुपेन्सी दर उच्च भएकाले नौ महिनामा दुई अर्ब बढी आम्दानी भएको अस्पतालले जनाएको छ। अस्पताल मार्जिन ३२ प्रतिशत माथि रहेको छ।
बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक अस्पताल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल
गत वर्ष यस्तो मार्जिन २६.६९, २०२४ मा २३.६६ र २०२३ मा २२.१५ प्रतिशत थियो। नौ महिनामा ओपीडी र आईपीडीमा आउने बिरामीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ८.९ र ४.६५ प्रतिशत वृद्धि भई एक लाख २७ हजार ४७३ र छ हजार ५९४ पुगेको छ।
बिरामीको आगमनमा देखिएको निरन्तर सुधार तथा राम्रो आम्दानी प्राप्तिले सञ्चालन आय र नाफामा स्थिर वृद्धि गर्न सघाउ पुर्याएको अस्पतालले जनाएको छ।
नर्भिक विभिन्न चिकित्सा तथा शल्यक्रियासम्बन्धी क्षेत्रहरूमा सेवा प्रदान गर्ने बहुविशेषज्ञतायुक्त अस्पताल हो। एकीकृत सेवा सुविधाहरूका कारण नर्भिकको आम्दानीको स्रोत राम्रोसँग विविधीकरण भएको छ।
साढे दुई अर्ब लगानीमा क्षमता बढाउँदै नर्भिक अस्पताल, आईपीओ जारी गर्ने
यसमा मुटुरोग, इनभिट्रो फर्टिलाइजेसन, स्नायु विज्ञान, ग्यास्ट्रोएन्टेरोलोजी, हाडजोर्नी तथा नसा रोग, सघन उपचार, मिर्गौला रोग र क्यान्सर रोगलगायतका विभिन्न सेवाहरू समावेश छन्।
बुकबिल्डङमा आईपीओ ल्याउने
नर्भिकले बुकबिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) ल्याउने तयारी पनि गरेको छ। बीएलसी ग्लोबल होल्डिङले सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल अस्पतालले २५ लाख कित्ता आईपीओ ल्याउन लागेको हो।
आईपीओ निष्काशन गर्न सन् २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। नर्भिकले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।
नर्भिकले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्ने
४२ प्रतिशत लाभांश दिने नर्भिक अस्पतालको घोषणा, २० प्रतिशत आईपीओ जारी गर्ने
