२०८३ कार्तिक ११ गते मङ्गलबार

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
norvic

काठमाडौँ: मुलुकमा अर्बौं रुपैयाँ निजी लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितका अस्पताल सञ्चालनमा आउन थालेका छन्। यस्ता दर्जनौं नयाँ अस्पतालहरू पाइपलाइनमा छन। सञ्चालनमा रहेका अस्पतालहरूले पनि क्षमता बढाएर मल्टिस्पेसियालिटीमा परिणत गर्न थालेका छन्।

यसैबीच निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेसनल अस्पताल एन्ड मेडिकल कलेजले आफ्नो सेवा र क्षमतामा उल्लेख्य विस्तार गर्दैछ। बीएलसी ग्लोबल होल्डिङ्स अन्तर्गतको यस अस्पतालले ३ अर्ब ३२ करोड रुपैयाँको थप लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको नयाँ पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ। आगामी माघसम्म सञ्चालनमा ल्याउने तयारी भएको नर्भिकले जनाएको छ।

२०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण निर्माण सुरु भएको हो। गत वर्षको अप्रिलसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि समयमै काम नसकिएपछि थप एक तलाको निर्माण, उपकरणको विशिष्टतामा परिवर्तन र बिक्रेतासम्बन्धी हेरफेरका कारण परियोजना लम्बिएको हो। यसकारण परियोजनाको लागत पनि संशोधन भएको छ। यसअघि तीन अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।

हाल ११६ शैय्या सञ्चालनमा रहेकोमा क्षमता बढेपछि २७५ पुग्नेछ। १५९ बेड थप्न लागेको अस्पतालले जनाएको छ। क्षमता विस्तारमा नर्भिकले तीन अर्ब ३२ करोड रुपैयाँ बढी लगानी थपेको छ।

नर्भिकले संशोधित परियोजना लागतको करिब ५८ प्रतिशत खर्च गरिसकेको छ। यस क्रममा सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने चिकित्सा उपकरण खरिद प्रक्रिया सन्तोषजनक रूपमा अघि बढिरहेको छ।

बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक अस्पताल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल

नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।

अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बनेको छ।

राजनीतिक अवरोध, निर्वाचन, र चिकित्सा उपकरण आयातमा आपूर्ति श्रङखलासम्बन्धी चुनौतीहरू जस्ता बाह्य कारणले सिर्जित ढिलाइ भएको हो। एक अर्ब ८७ करोड ६० लाख रुपैयाँ ऋणको व्यवस्थापन भइसकेको छ। बाँकी रकमको जोहोसम्बन्धी छलफल अन्तिम चरणमा पुगेको छ।

नौ महिनामा दुई अर्ब बढीको व्यापार

नर्भिकले चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब चार करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सन् २०२५मा अस्पतालले दुई अर्ब २६ करोड ३० लाख, २०२४ मा दुई अर्ब तीन करोड ३० लाख र २०२३ मा एक अर्ब ९४ करोड रुपैयाँ व्यापार गरेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

विरामीको संख्या बढेको र अकुपेन्सी दर उच्च भएकाले नौ महिनामा दुई अर्ब बढी आम्दानी भएको अस्पतालले जनाएको छ। अस्पताल मार्जिन ३२ प्रतिशत माथि रहेको छ।

बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक अस्पताल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल

गत वर्ष यस्तो मार्जिन २६.६९, २०२४ मा २३.६६ र २०२३ मा २२.१५ प्रतिशत थियो। नौ महिनामा ओपीडी र आईपीडीमा आउने बिरामीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ८.९ र ४.६५ प्रतिशत वृद्धि भई एक लाख २७ हजार ४७३ र छ हजार ५९४ पुगेको छ।

बिरामीको आगमनमा देखिएको निरन्तर सुधार तथा राम्रो आम्दानी प्राप्तिले सञ्चालन आय र नाफामा स्थिर वृद्धि गर्न सघाउ पुर्‍याएको अस्पतालले जनाएको छ।

नर्भिक विभिन्न चिकित्सा तथा शल्यक्रियासम्बन्धी क्षेत्रहरूमा सेवा प्रदान गर्ने बहुविशेषज्ञतायुक्त अस्पताल हो। एकीकृत सेवा सुविधाहरूका कारण नर्भिकको आम्दानीको स्रोत राम्रोसँग विविधीकरण भएको छ।

साढे दुई अर्ब लगानीमा क्षमता बढाउँदै नर्भिक अस्पताल, आईपीओ जारी गर्ने

यसमा मुटुरोग, इनभिट्रो फर्टिलाइजेसन, स्नायु विज्ञान, ग्यास्ट्रोएन्टेरोलोजी, हाडजोर्नी तथा नसा रोग, सघन उपचार, मिर्गौला रोग र क्यान्सर रोगलगायतका विभिन्न सेवाहरू समावेश छन्।

बुकबिल्डङमा आईपीओ ल्याउने

नर्भिकले बुकबिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) ल्याउने तयारी पनि गरेको छ। बीएलसी ग्लोबल होल्डिङले सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल अस्पतालले २५ लाख कित्ता आईपीओ ल्याउन लागेको हो।

आईपीओ निष्काशन गर्न सन् २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। नर्भिकले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।

नर्भिकले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्ने

४२ प्रतिशत लाभांश दिने नर्भिक अस्पतालको घोषणा, २० प्रतिशत आईपीओ जारी गर्ने

प्रकाशित: २०८३ साउन १७ गते आईतबार ०७:३४
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना