२०८३ कार्तिक २१ गते शुक्रबार

वालेन्द्र सरकारको प्राथमिकतामा परेन लगानी बोर्ड, बैठक नबस्दा ठूला परियोजना अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
balen-new_e585fe85

काठमाडौँ: देशमा अर्बौं रुपैयाँका स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सबैभन्दा महत्वपूर्ण सरकारी संयन्त्र हो लगानी बोर्ड। ठूला परियोजनामा लगानी भित्र्याउन यसको गठन भएको हो। तर सरकारकै प्राथमिकतामा नपरेपछि अर्बौँ लगानीका  ठूला परियोजना अलपत्र परेका छन्।

फागुन २१ गते निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि वालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री बने। छिटो छरितो सेवा दिने घोषणा गरेको सरकार आफैले लगानी बोर्डलाई निष्क्रिय बनाइरहेको छ। फागुनदेखि हालसम्म बोर्ड बैठक बसेको छैन।

प्रधानमन्त्री वालेन लगानी बोर्डका अध्यक्ष हुन्। प्रधानमन्त्रीले चाहे मात्र लगानी बोर्डको बैठक बस्नेछ। स्रोतका अनुसार उनको प्राथमिकतामा लगानी बोर्ड परेको छैन्। त्यसैले बोर्ड बैठक बस्न नसकेको हो।

कम्तिमा प्रत्येक दुई महिनामा बोर्ड बैठक बस्नुपर्ने व्यवस्था छ। बोर्ड बैठक नबस्दा ठूला लगानीका परियोजना हाल अवरुद्ध भएका छन्।

बोर्डबाट स्वीकृति नहुँदा काम अघि बढाउन ढिलाइ भइरहेको बोर्ड स्रोतले नेपाल क्लिक्सलाई बतायो। यता सरकारले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाएर नयाँ प्रक्रिया सुरु भएको छ। नयाँ सीईओ आएपछि मात्र बोर्ड बैठक बस्ने स्रोतको भनाई छ।

बोर्डमा जलविद्युत, केबलकारलगायत ठूला सहरी परियोजनामा लगानीको प्रस्ताव भएको छ।

प्रकाशित: २०८३ साउन १८ गते सोमबार १२:२४
प्रतिक्रिया

थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ। कार्तिक १९ गतेसम्म कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ...

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना