२०८३ साउन २७ गते बुधबार

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ: ग्यास उद्योग संघ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
Public Line up for LP Gas_-414

काठमाडौँ: नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो।

‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन’, सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

नेपाल आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी)बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ। पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ। यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ।

गत आवको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो। उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्रीवितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ।

प्रकाशित: २०८३ साउन २४ गते आईतबार ०५:४४
प्रतिक्रिया

थप समाचार

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

यती डिष्टिलरीले १ वर्षमा बेच्यो पौने ६ अर्बको रक्सी

मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।

सानिगाड हाइड्रोको नाफामा उछाल, बढेर पुग्यो साढे २६ करोड

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय...

जगदम्बा स्टिलको ५० अर्बको कारोबार २६ अर्बमा खुम्चियो, भारत निर्यात रोकिएपछि प्रभावित

व्यापार र नाफा दुवै ओरालो, तैपनि प्रिमियममा आईपीओ ल्याउँदै जगदम्बा स्टिल।

माउन्टेन इनर्जीको नाफामा उछाल, २९ प्रतिशत बढेर पुग्यो ८० करोड

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा नाफा र आम्दानी दुवै बढाएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना