२०८३ साउन २७ गते बुधबार

६५ मेगावाटको दूधखोला आयोजनालाई जुट्यो लगानी, एनएमबी बैंकको अगुवाईमा १० अर्ब ऋण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
dudhkhola

काठमाडौँः माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ।

प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार आयोजनामा नेतृत्वदायी बैंक (लिड ) एनएमबी बैंकले गरेको छ। एनएमबीले ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। दुई बैंकले गरी आयोजनामा १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन्।

आयोजनाको लागत १२ अर्ब ८९ करोड

मनाङमा निर्माण हुने दूधखोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम पर्ने भएकाले यसलाई तुलनात्मक रूपमा आकर्षक आयोजना मानिएको छ।

आयोजनामा बैंकहरूले उपलब्ध गराउने ऋणबाहेक आवश्यक बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणको काम तत्काल सुरु गर्ने तयारी कम्पनीले गरेको छ। निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले राखेको छ।

माउन्टेन इनर्जीका दुई आयोजना सञ्चालनमा

माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाटको ताँदीखोला जलविद्युत् आयोजना हाल नियमित रूपमा विद्युत् उत्पादन गरिरहेका छन्।

दूधखोला आयोजना निर्माण सम्पन्न भएपछि कम्पनीको विद्युत् उत्पादन क्षमता थप विस्तार हुनेछ।

प्रकाशित: २०८३ साउन २५ गते सोमबार ०६:१९
प्रतिक्रिया

थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

भैरहवा: नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले...

तल्लो सेती बनाउनका लागि तनहुँ हाइड्रोपावरलाई लाइसेन्स दिँदै विभाग, पाँच वर्षमा सक्ने लक्ष्य

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले नयाँ आयोजना बनाउन लागेको छ। कम्पनीले १२६ मेगावाटको तल्लो सेती अर्धजलासय –पीआरओआर) आयोजना बनाउन विद्युत विकास...

घारखोला जलविद्युत् आयोजना पहिरोले पुरियो, १४ मेगावाट बिजुली उत्पादन बन्द

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । विद्युत्‌गृहका...

नागढुङ्गा सुरुङमार्ग कहिलेदेखि चल्छ सर्वसाधारणका लागि? ब्यारिकेड किन राखियो?

काठमाडौँ: सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ। हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको...

पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु

रामेछाप। काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। गएराति परेको अविरल...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना