काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा प्रदर्शनीमा राखिएका दुई पाङ्ग्रे सवारीमा ‘जेन–जी’ पुस्ताको चासो देखिएको छ।
चार पाङ्ग्रे सवारीभन्दा दुई पाङ्ग्रे सवारीको स्टलमा विशेषतः २८ वर्षमुनिका युवाहरूको आकर्षण देखिन्छ।
एक्स्पोमा होण्डा, रोयल इन्फिल्ड, बजाज, ट्रायम्फ, अल्ट्राभायोलेट, केटीएम, टीभीएसलगायत ब्राण्डका दुई पाङ्ग्रे सवारी प्रदर्शनीमा राखिएका छन्। एक्स्पोमा दुई पाङ्ग्रेका १८ वटा नयाँ ब्राण्ड सार्वजनिक गरिएका छन्।
एक्स्पो साउन ३१ सम्म जारी रहने छ।


















