२०८३ कार्तिक १३ गते बिहिबार

नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
chetak_1

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय स्कुटर तथा मोटरसाइकलहरुले अवलोकनकर्ताहरुको ध्यान खिचेको छ। एक्स्पोमा ‘चेतक’ ब्राण्डले नयाँ दुई मोडल सार्वजनिक गरेसँगै स्टलमा अवलोकनकर्ताले चासो देखाएका छन्।

बजाज अटो लिमिटेडले नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी२५०१ र चेतक सी३५०३ सार्वजनिक गरेको हो।

चेतककी सेल्स अफिसर अनिशा महर्जनका अनुसार कम्पनीले यसपटक एक्स्पोमा दुई नयाँ मोडल थप गरेको छ। उनका अनुसार चेतकले यसअघि नाडा ईभी एक्स्पोमा सार्वजनिक गरेको मोडलसँगै सी २५०१ र सी ३५०३ नयाँ मोडल ल्याएको हो।

महर्जनले चेतकका स्कुटरको मुख्य विशेषता मेटल बडी र बिल्ड क्वालिटी रहेको बताइन्।

उनले भनिन्,‘मुख्य विशेषता भनेको ब्रान्ड नै हो। मेटल बडी भएको यो एकदमै पुरानो ब्रान्ड पनि हो। चेतक धेरैलाई थाहा पनि छ। पहिला चलेको मोपेडवाला स्कुटरलाई नै ईभी भर्सनमा कन्भर्ट गरिएको हो।’

उनका अनुसार नयाँ स्कुटरमा विभिन्न कलर विकल्पसँगै एप कनेक्टिभिटी, जियो फेन्सिङ, नेभिगेसन र एन्टी थेफ्टलगायतका सुविधा उपलब्ध छन्। स्कुटरमा स्पोट्र्स, इको र रिभर्स मोडसमेत रहेको उनले बताइन्।

चेतकका सेल्स म्यानेजर विष्णु पण्डितले एक्स्पोमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहेको बताए। उनका अनुसार चेतकको स्टलमा तीन दिनमा एक हजार पाँचसय भन्दा बढी अवलोकनकर्ता पुगिसकेका छन्।

उनका अनुसार एक्स्पोमा चेतकका दुई नयाँ मोडल सी २५०१ र सी ३५०३ सार्वजनिक गरिएको छ। सी २५०१ लाई विशेषगरी काठमाडौं उपत्यकाको दैनिक सिटी राइडलाई लक्षित गरिएको उनले बताए।

उनका अनुसार उक्त मोडलका आइडीसी क्लेम रेन्ज ११३ किलोमिटर रहेको छ। स्कुटरमा २.५ किलोवाट आवरको ब्याट्री र २२०० वाटको मोटर रहेको तथा हिल असिस्ट, इको, स्पोर्ट र रिभर्स मोडलगायतका सुविधा रहेको उनले जानकारी दिए।

त्यस्तै,आइपी ६७ रेटिङ रहेकाले पानी तथा धुलोबाट समेत स्कुटरलाई सुरक्षित राख्न सहयोग पुग्ने कम्पनीको दाबी छ।

चेतकले ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन नेपालभर रहेको नेटवर्कलाई आफ्नो प्रमुख बलका रूपमा प्रस्तुत गरेको छ। पण्डितका अनुसार कम्पनीको एकसय भन्दा बढी नेटवर्क रहेको छ, जहाँ ग्राहकले आफ्टर–सेल्स सर्भिस तथा वारेन्टीसम्बन्धी सेवा लिन सक्नेछन्।

कम्पनीले एक्स्पोमा राखिएका नयाँ मोडलको मूल्यलाई हालका लागि इन्ट्रोडक्टरी तथा लन्चिङ मूल्यका रूपमा राखिएको जनाएको छ। एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन, प्रविधि, चार्जिङ पूर्वाधार तथा वित्तीय सुविधाबारे जानकारी लिन आउने अवलोकनकर्ताको संख्या बढिरहेको छ।

सहर केन्द्रित विद्युतीय स्कुटर

चेतकले नयाँ विद्युतीय स्कुटर सी २५०१ शहरी आवागमनलाई लक्षित गरि आधुनिक प्रविधिसँगै मेटल बडी र व्यावहारिक डिजाइनलाई प्राथमिकता दिइएको छ।

चेतक सी २५०१ मा २.५ किलोवाट आवरको ट्र्याक्सन ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले आइडीसी मापदण्डअनुसार ११७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। स्कुटरको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने मोटरको पिक पावर २.२ किलोवाट रहेको छ।

चार्जिङका लागि यसमा ७५० वाटको अफ–बोर्ड चार्जर उपलब्ध छ। उक्त चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

सी २५०१ को प्रमुख विशेषतामध्ये यसको मेटल बडी पनि एक हो। स्कुटरमा आइपी ६७ वाटर रेसिस्टेन्स रहेको छ, जसले पानी तथा धुलोबाट स्कुटरको विद्युतीय प्रणालीलाई सुरक्षित राख्न सहयोग गर्छ। यसमा डिजिटल एलसीडी डिस्प्ले, मेकानिकलकी र रिभर्स मोड पनि उपलब्ध छन्।

स्कुटरमा सामान राख्नका लागि २५ लिटरको बुट स्पेस दिइएको छ। त्यस्तै, अगाडिको भागमा ४.६ लिटर क्षमताको ओपन ग्लोभ बक्स रहेको छ, जसले दैनिक प्रयोगमा साना सामान राख्न सहज बनाउँछ।

ब्रेकिङतर्फ सी २५०१ मा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक राखिएको छ। यसले सहरी सडकमा दैनिक आवागमनका लागि आवश्यक ब्रेकिङ नियन्त्रण प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले सी २५०१ मा ३ वर्ष वा ३० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ। स्कुटर विभिन्न रंगमा उपलब्ध छ। यसमा ओसन टिल म्याट, मिस्टी यल्लो, क्लासिक ह्वाइट, मुनलाइट सिल्भर, रेसिङ रेड र एक्टिभ ब्ल्याक गरी ६ वटा रंग विकल्प रहेका छन्।

कम्पनीले सी २५०१ लाई विशेषगरी दैनिक सहर आवतजावत गर्ने ग्राहकका लागि व्यावहारिक, सुविधाजनक र प्रविधिमैत्री विद्युतीय स्कुटरका रूपमा प्रस्तुत गरेको छ।

यसको मेटल बडी, ११७ किलोमिटर आइडीसी रेन्ज, आइपी ६७ रेटिङ, २५ लिटर बुट स्पेस र विभिन्न स्मार्ट फिचरहरू यसका मुख्य आकर्षणका रूपमा रहेका छन्।

 

प्रकाशित: २०८३ साउन ३० गते शनिवार ०३:३६
प्रतिक्रिया

थप समाचार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना