काठमाडौं – नेपालले लगातार विकेट गुमाउँदै गएपछि निर्धारित ५० ओभर नटिक्ने खतरा बडेको छ। नेपालले अहिले सात विकेट गुमाइसकेको छ। सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।
अहिले नेपालले सातौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो। उनले २१ बलमा १४ रन मात्र बनाउन सके।
यसअघि नेपालका कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आसिफ शेख र कप्तान रोहित पौडेल आउट भइसकेका छन्। उनीहरुले सम्झनलायक प्रदर्शन गरेनन्। अझ आसिफ त शून्य रनमै पवेलियन फर्किए।
आईसीसी विश्वकप को ग्लोबल छनोटमा अहिले नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ। अघिल्लो चरणमा पुग्नका लागि आज नेपालले जित्नै पर्ने दबाब रहेको छ।
नेपालको प्लेईङ–११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी


