काठमाडौँ- हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ सीधा हवाई उडान थालेको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ७ बजेर ४० मिनेटमा हिमालयको जहाज बेइजिङका लागि उडेको हो।
उडान नम्बर एच नाइन ६६५ विमान दिउँसो २ बजेर १५ मिनेट (चिनियाँ समयअनुसार) जाँदा बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालयले जानकारी दिएको छ।
काठमाडौंबाट बेइजिङ जहाजलाई पुग्न ४ घण्टा ४५ मिनेट लाग्छ। स्थानीय समयानुसार दिउँसो ३ बजेर २५ मिनेटमा पुनः काठमाडौंका लागि उडेको छ।
काठमाडौँबाट बेइजिङ गएको विमानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि थिए। काठमाडौँ बेइजिङ सिधा उडान हुँदा पर्यटन र व्यापार प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा नेपाली पक्षको छ।



