२०८३ कार्तिक १८ गते मङ्गलबार

‘सरकारको काम नियमन मात्र होइन सहजीकरण हो, उद्योगका कानुनी अवरोध हटाइनुपर्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३१
vidhusi_rana

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले उद्योग स्थापना र सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपर्ने नीतिगत जटिलता र कानुनी अवरोध हटाउन सरकारसँग माग गरेकी छन्।

काठमाडौँस्थित भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको अटो एक्सपोको अन्तिम दिन ‘शिक्षा, सीप र उद्यमशीलता’ सम्बन्धी संवादमा उनले यस्तो बताएकी हुन्। उनले सरकारको काम व्यवसायीलाई नियमन गर्ने मात्र नभई सहजीकरण र प्रोत्साहन गर्ने समेत भएको बताइन्। उद्योगको आवश्यकता र शिक्षाबीचको खाडल पुर्न तथा व्यवसाय दर्तादेखि स्वीकृतिसम्मका प्रशासनिक झन्झट अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिइन्।

आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले भनिन्, ‘सरकारको काम व्यवसायीलाई नियमन गर्ने मात्र होइन, सहजीकरण र प्रोत्साहन गर्ने पनि हो।’ साथै, उनले समाजमा उद्यमी र उद्योगीप्रतिको दृष्टिकोणमा समेत परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरिन्। उद्यमशीलताको वातावरण सहज बनाएर मात्रै युवालाई नेपालमा रोक्न र देशको आर्थिक विकासलाई गति दिन सकिने उनको निष्कर्ष थियो।

यस्तै राणाले युवाका लागि विदेश जानु बाध्यता नभई रोजाइ (च्वाइस) को विषय हुनुपर्ने बताएकी छन्।  नेपालमा पर्याप्त अवसर नभएका कारण युवाहरू देश छोड्न बाध्य भइरहेको बताउँदै यसलाई रोक्न सरकार र उद्यमी मिलेर अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिइन्। ‘कुनै पनि देश छोड्ने कुरा युवाका लागि बाध्यता हुनुहुँदैन, यो उसको च्वाइस हुनुपर्छ,’ उनले भनिन्, ‘नेपालमै उद्योग, होटल, सूचना प्रविधि र अटोमोबाइल क्षेत्रमा ठूलो सम्भावना छ, तर हामीले त्यसको सही उपयोग गर्न सकेका छैनौँ।’

सांसद राणाले नेपालको शिक्षा प्रणाली र उद्योगको आवश्यकताबीच ठूलो अन्तर रहेको टिप्पणी गरिन्। हालको पाठ्यक्रमले उद्योगलाई आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उनको तर्क थियो। ‘अटोमोबाइल क्षेत्रलाई ई-भेहिकल इन्जिनियर चाहिएको छ, म्यानुफ्याक्चरिङलाई मेसिन अपरेटर र गार्मेन्टलाई डिजाइनर चाहिएको छ। तर, हाम्रो पाठ्यक्रम उद्योगको आवश्यकता अनुसार छैन,’ उनले भनिन्।

विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उद्योग, कारखाना र वर्कसपमै पुगेर सिक्ने वातावरण बनाउनुपर्ने उनले सुझाव दिइन्।

प्रकाशित: २०८३ साउन ३१ गते आईतबार ०६:२३
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना