काठमाडौँ: टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ ‘पन्च इभी’ मा दिएको विशेष अफर आजदेखि समाप्त हुने भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अन्तिम दिन आज भएकाले एक्स्पो अवधिभर दिइएको १ लाख रुपैयाँको विशेष मूल्य लाभ पनि आजसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
विशेष अफरअन्तर्गत ग्राहकले नयाँ पन्च इभी ३२ लाख ९९ हजार रुपैयाँमै बुकिङ गर्न सक्ने व्यवस्था गरिएको थियो। सोमबारदेखि भने उक्त अफर समाप्त भई नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुने सिप्रदीले जनाएको छ।
एक्स्पो अवधिमा नयाँ पन्च इभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।
अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च इभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको बाटोमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
नयाँ पन्च इभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन्।
कम्पनीले एक्स्पोको अन्तिम दिनसम्म बुकिङ गर्ने ग्राहकले मात्र १ लाख रुपैयाँको विशेष मूल्य लाभ लिन सक्ने भएकाले अफरको फाइदा लिन आग्रह गरेको छ।


