२०८३ कार्तिक १३ गते बिहिबार

नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ९
cricket opening duo

काठमाडौँ– आईसीसी विश्वकपको ग्लोबल छनोटमा अहिले नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ। खेलको पहिलो पारी सकिएसँगै सुरुआतमा ब्याटिङ गरेको नेपालले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ४४ ‌ओभर तीन बलमा सबै विकेट गुमाएर १६७ रन बनाएपछि सो लक्ष्य दिएको हो।

दुवै टिमलाई अनिवार्य जितको आवश्यकता छ। छनोटको सुपर सिक्समा पुग्ने हो भने नेपाल र नेदरल्यान्ड्सलाई अनिवार्य जितको आवश्यकता छ। खेलमा राम्रो प्रदर्शन गर्न खोजे पनि नेपालले लगातार विकेट गुमाइरह्यो।

नेपाका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। ३३ रन बनाउनका लागि पनि उनले ५५ रन खर्च गर्नुपर्‍यो। सुरुआतबाटै किफायती देखिएका नेदरल्यान्ड्का बलर उत्तिकै घातक सावित भए।

नेपालले खेलको तेस्रो ओभरमै दोस्रो विकेट गुमाएयो। ओपनर आसिफ शेख पहिलो विकेटका रुपमा आउट भएको १२ ओभरपछि नेपालले दोस्रो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो।

ओपनर कुशलले ४२ बलमा २७ रन मात्र बनाउन सके। विक्रमजित सिंहले एडवार्डको हातबाट क्याचआउट गराएपछि नेपालको खातामा ४६ रन मात्र थियो। उनी १४ ओभर पाँच बलमा आउट भएका हुन्।

त्यसअघि खेलमा दुई बल मात्र सामना गर्न पाएका आसिफ आउट भएका थिए। आसिफ आउट हुँदा नेपालको खातामा सात रन थियो। उनलाई भान बिकले तेस्रो ओभरको दोस्रो बलमा पवेलियन फर्काएका थिए।

छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले अनिवार्य जितको आवश्यकता भए पनि नेपाललाई सहज भने देखिएको छैन। किनभने त्यसपछिका ब्याटरहरु पनि धमाधम डगआउट फर्किने थाले।

भीम सार्कीले त खेलमा सबैभन्दा धेरै डट बलको सामना गरे। मैदानमा टिक्ने स्वभाव देखाए पनि उनी ५६ बल खेलेर २२ रन बनाउँदै मैदान छोडे।उनलाई फ्योडको बलमा शरिज अहमजले क्याचआउट गराएका थिए।

भीम आउट हुनुपूर्व नै ६ रन बनाएका आरिफ शेखले पवेलियनको बाटो देखिसकेका थिए। आरिफलाई आउट गर्ने विक्रमजित नै थिए। त्यो उनको दोस्रो विकेट रह्यो।

आरिफ आउट हुँदा ५४ रन बनाएको नेपालले ६६ रन बनाउँदा चार विकेट गुमायो। त्यसपछि कुशल मल्ल र कप्तान रोहित पौडेलको जोडीलाई केही समय टिक्ने आशा गरिएको थियो। तर उनीहरुको साझेदारी पनि जम्न सकेन।

९१ रनबनाउँदै कुशल मल्ल डिपार्ट भए। १२ रन बनाएका ब्याटर मल्ल पाँचौ विकेटका रुपमा आउट भएका हुन्। उनलाई आर्यन दत्तले पवेलियन फर्काएका हुन्। रोहित र दिपेन्द्रको साझेदारी पनि जम्न सकेन। रोहित पौडेल ३३ रन बनाएर आउट भइहाले भने दिपेन्द्रले पनि १४ रन मात्र बनाउन सके।

रोहित र दिपेन्द्रलाई भान विकले आउट गराएका थिए। सन्दीपमसँग ३२ रनको साझेदारी गरेर गुल्सन झा पनि पवेलियन फर्किएका थिए। गुल्सनले १५ रन बनाए भने करण केसी त एक रनमै आउट भए। अन्तिममा सन्दीपले २७ रन बनाएका थिए।

नेपालविरुद्ध नेदरल्यान्ड्सका लोगन भान विकले ४ विकेट लिए भने बास डि लिड र विक्रमाजितले समान दुईदुई विकेट लिए। त्यस्तै, क्लाटन फ्योड र आर्यन दत्तले पनि समान एकएक विकेट गिराएका थिए।

नेपालको प्लेइङ–११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित: २०८० असार ९ गते शनिवार ०४:०५
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना