२०८३ कार्तिक १२ गते बुधबार

नाइमा एक्स्पो पौने दुई लाखले गरे अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
car_bike (26)

काठमाडौं। नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० हजारभन्दा बढी अवलोकनकर्ता आएका छन्। ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूले बताएका छन्।

एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौं दिन ४२ हजारभन्दा बढी अवलोकनकर्ता आएका थिए।

एक्स्पोमा मानिसको उपस्थिति मात्र नभई सवारीसाधन खरिदका लागि भएको इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकको भनाइ छ। अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा अपेक्षाभन्दा धेरै अवलोकनकर्ता आएको र सोहीअनुसार इन्क्वायरी तथा बुकिङ पनि राम्रो भएको बताए।

‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ।’ अटोमोबाइल व्यवसायीका लागि एक्स्पोमा देखिएको उपभोक्ता चासो बजारको माग बुझ्ने महत्वपूर्ण आधार बनेको उनको भनाइ छ।

नयाँ उत्पादनले बढायो प्रतिस्पर्धा

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको थियो। नयाँ मोडल र प्रविधि एकै स्थानमा प्रदर्शन भएपछि उपभोक्ताले विभिन्न ब्रान्डका सवारीसाधन तुलना गर्ने अवसर पाएका थिए।

विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार तथा मोबिलिटी समाधानमा केन्द्रित प्रदर्शनीले नेपालको अटो बजार परम्परागत सवारीसाधनबाट नयाँ प्रविधितर्फ संक्रमण भइरहेको संकेत गरेको छ।

नाइमा अध्यक्ष रितुसिंह वैद्यले ठूलो संख्यामा उपभोक्ताको सहभागिता र नयाँ उत्पादनको सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन्। उनका अनुसार एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि ठूलो उत्साह र प्रोत्साहन हो।

उपभोक्ता चासोले बजारको सम्भावना बढयो

अटोमोबाइल बजारमा बिक्रीको गति, आयात, वित्तीय सुविधा तथा उपभोक्ताको क्रयशक्तिले कारोबार निर्धारण गर्ने भए पनि एक्स्पोमा देखिएको भीडले सवारीसाधनप्रतिको चासो कमजोर नभएको देखाएको व्यवसायीहरूको बुझाइ छ। नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले एक्स्पोमा ठूलो संख्यामा मानिसको आगमन हुनु अटो उद्योगका लागि सुखद संकेत भएको बताए।

त्यस्तै नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोको समग्र सफलतालाई ‘सुपरहिट’ भएको बताए।

प्रदर्शनीसँगै बजार अध्ययनको अवसर

नाइमा एक्स्पोमा बिक्री र बुकिङका अतिरिक्त उपभोक्ताको रुचि, मूल्य संवेदनशीलता, नयाँ प्रविधिप्रतिको आकर्षण र ब्रान्ड छनोटको प्रवृत्तिबारे व्यवसायीले प्रत्यक्ष जानकारी लिने अवसर पाएका छन्।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ज्ञान, सहकार्य र मागकेन्द्रित व्यवस्थापनको प्लेटफर्मका रूपमा विकास गरिएको बताए। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोले अटोमोबाइल व्यवसायलाई नयाँ प्रविधि र बदलिँदो उपभोक्ता मागसँग जोड्ने प्रयास गरेको छ।

एक्स्पोमा देखिएको उपभोक्ता सहभागिता, नयाँ उत्पादनप्रतिको चासो तथा बुकिङले आगामी दिनमा अटोमोबाइल बजारमा थप प्रतिस्पर्धा र नयाँ लगानीको सम्भावना बढाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

 

प्रकाशित: २०८३ भदौ १ गते सोमबार १०:५४
प्रतिक्रिया

थप समाचार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना