२०८३ भदौ ३० गते मङ्गलबार

सडक डिभिजन हेटौँडाले अदालतको आदेश उल्लंघन गर्दै वीरगञ्ज टेलिकमको भवन भत्कायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
ntc

काठमाडौँ: अदालतको आदेश बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जस्थित नेपाल टेलिकमको कार्यालय भवन भत्काएको छ। अदालतले सडक विस्तारको कार्य तत्काल नगर्न आदेश दिएको अवस्थामा दुईवटा स्काभेटर प्रयोग गरी भवन भत्काइएको भन्दै नेपाल टेलिकमले आपत्ति जनाएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको घण्टाघर छेउमा रहेको दूरसञ्चार कार्यालय भवन भत्काउने तयारी गरेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले गत साउन २८ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दायर गरेकी थिइन्। सोही निवेदनका आधारमा अदालतले साउन २९ गते मुख्य सडक विस्तारको कार्य तत्काल नगर्न र नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो।

अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न र भदौ ४ गते अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि उपस्थित हुन निर्देशन दिएको थियो। तर, अदालतको उक्त आदेश अवज्ञा गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले साउन ३० र ३१ गते डोजर चलाएर भवन भत्काएको टेलिकमले जनाएको छ।

टेलिकमले नापी विभागबाट तय भएको नक्शांकन भन्दा फरक हुने गरी एकपक्षीय तवरले भवनमा क्षति पुर्‍याइएको दाबी गरेको छ। ‘स्वीकृत मापदण्डभित्र रहेर भवनको संरचना पुनर्निर्माण गर्न कम्पनी प्रतिबद्ध रहेको अवस्थामा पनि समन्वय नगरी भवन भत्काइनु दुःखद छ,’ टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २०८३ भदौ १ गते सोमबार ०३:०८
प्रतिक्रिया

थप समाचार

किन बढ्दैछन् स्थानीय तहमा दागी जनप्रतिनिधि?

आर्थिक अनियमितता, बेथिति र भ्रष्टाचारका घटनामा जननिर्वाचित प्रतिनिधिहरू दागी बनिरहेका छन्। विधि कानुन पालना गरी सुशासन कायम गर्न, गराउन जिम्मेवार र जवाफदेही बन्नुपर्ने जनप्रतिनिधिहरू भ्रष्टाचार...

देउवा–खड्काको निवेदनमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कांग्रेस महाधिवेशन गर्ने बाटो खुल्यो

काठमाडौँ: नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तत्काल रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू...

टंकमणि शर्मा नेतृत्वको एनसेल प्रतिवेदन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक नगर्न शुक्रबार अन्तरिम आदेश जारी गरेको छ। गोपनियताको हक हनन भएको भन्दै एनसेलले...

बरामद कागजात र उपकरणसहित किशोरलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ: सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि जेलमा राख्न विशेषको आदेश

काठमाडौं। सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यवसायीलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ। अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना