२०८३ भदौ ३० गते मङ्गलबार

डायस्पोराको पुँजीलाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्छ: अध्यक्ष अग्रवाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
photo-18_473a6c7e

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बर र एनआरएनएबीचको सहकार्यलाई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई जोड्ने महत्वपूर्ण पहलका रूपमा लिनुपर्ने बताए।

उनले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै पनि त्यसअनुसारको आर्थिक विकास हुन नसकेको बताए। नेपालको आर्थिक समृद्धिमा नीतिभन्दा पनि त्यसको कार्यान्वयन मुख्य चुनौती रहेको उनको भनाइ थियो।

अग्रवालले नेपालमा कानुनी सुधार मात्रै गरेर लगानीको वातावरण बन्न नसक्ने बताए। संसद्बाट कानुन निर्माण भए पनि नियमावली र कार्यविधिका नाममा त्यसको कार्यान्वयनमा जटिलता थपिने गरेको उनले उल्लेख गरे।

‘कानुनी सुधार मात्रै भएर भएन, यसको एक्जिक्युसनमा पनि सुधार हुनुपर्छ। कानुन एकातिर र नियमावली अर्कोतिर जाने अवस्था अन्त्य गर्नुपर्छ।’

चेम्बर र एनआरएनएबीच भएको सम्झौतालाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने एनआरएनएको मूल भावना र नेपालको आर्थिक समृद्धिको साझा लक्ष्यलाई व्यवहारमा उतार्ने माध्यम बनाउनुपर्ने उनले बताए।

विश्वभर रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्नु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।

उनले चेम्बर र एनआरएनएबीचको सहकार्यबाट लगानी प्रवद्र्धन, व्यापार विस्तार, निर्यात वृद्धि, पर्यटन विकास र उद्यमशीलता प्रवद्र्धनमा नयाँ अवसर सिर्जना गर्न सकिने बताए।

विदेशमा रहेका नेपालीलाई नेपालको विश्वसनीय आर्थिक साझेदार र लगानीकर्ताका रूपमा आकर्षित गर्न संयुक्त पहल आवश्यक रहेको उनले बताए। भारतको उदाहरण दिँदै उनले गैरआवासीय भारतीय (एनआरआई) र भारतमै रहेका लगानीकर्ताबीच लगानीका क्षेत्रमा विभेद कम रहेको उल्लेख गरे।

‘भारतमा एनआरआईले ठूलो लगानी गरेका छन्। व्यापारिक क्षेत्रमा त्यो एनआरआईको लगानी हो कि त्यहाँ बस्ने रेसिडेन्ट इन्डियनको लगानी हो भन्ने छुट्याइँदैन। नेपालमा मात्रै किन यस प्रकारको विभेद हुने, यसलाई नयाँ परिप्रेक्ष्यमा अगाडि बढाउनुपर्छ।’

अग्रवालले नेपाली व्यवसायी र विश्वभर रहेका गैरआवासीय नेपालीबीच बिजनेस–टु–बिजनेस (बीटुबी) नेटवर्किङ र व्यावसायिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए।

नेपाली डायस्पोराको विश्वव्यापी सञ्जाललाई नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्डिङ तथा निर्यात प्रवद्र्धनमा प्रयोग गर्नुपर्ने उनले बताए। ‘नेपालमा लगानी, विश्व बजार’ भन्ने अवधारणालाई चेम्बर र एनआरएनएको सहकार्यबाट प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

अग्रवालले चेम्बर र एनआरएनएबीचको समझदारी कागजमा मात्र सीमित हुन नहुने बताए। सम्झौतामा उल्लेखित विषय कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, समयसीमा र परिणाममुखी कार्यक्रम आवश्यक रहेको उनले बताए।

त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.हेमराज शर्माले नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच भएको सम्झौतालाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे।

‘नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच एमओयू हुन २३ वर्ष लागेछ। त्यसमा पनि बिजनेस क्षेत्रभन्दा बाहिरबाट अध्यक्ष भएको समयमा यो एमओयू हुन लागेकोले मेरो लागि यो ऐतिहासिक क्षण बनेको छ,’ उनले भने।

अध्यक्ष शर्माले भूगोल र कानुनी सीमालाई अलग राख्ने हो भने विश्वभर रहेका नेपाली जहाँ बसे पनि नेपाली नै रहेको बताए। गैरआवासीय नेपालीलाई कानुनी वा भौगोलिक पहिचानभन्दा माथि उठेर नेपालसँग जोड्ने भावनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले भने,‘भूगोल र कानुनलाई हटाइदिने हो भने हामी जहाँ बसेपनि नेपाली नै हौँ। गैरआवासीय नेपाली भन्नै परेन। कानुन वा अरू हिसाबले गैरआवासीय भए पनि नेपाली नै हौँ भन्ने भावनालाई लिएर जानुपर्छ।’

शर्माले विश्वका विभिन्न देशमा रहेका नेपालीलाई नेपालको आर्थिक विकाससँग जोड्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए।

एनआरएनए ११० भन्दा बढी देशमा फैलिएको र ९२ देशमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रहेको उनले जानकारी दिए।

उनले विदेशमा रहेका नेपाली समुदायको आकार र युवाको जनसंख्या नेपालभित्रको भन्दा पनि ठूलो रहेको उल्लेख गर्दै त्यसलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्नुपर्ने बताए।

एनआरएनएले विश्वभर रहेका नेपाली व्यवसायी र लगानीकर्तालाई एउटै नेटवर्कमा जोड्ने उद्देश्यले छुट्टै व्यापार विभाग निर्माण गरेको उनले बताए।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन चेम्बरको सहयोग आवश्यक रहेको शर्माको भनाइ छ।

उनले विदेशबाट नेपाल आउँदा नेपालीले सरकारी प्रक्रिया र कार्यालयीय काममा असहजता महसुस गर्ने गरेको उल्लेख गर्दै चेम्बरले लगानीकर्तालाई सहजीकरण गर्नुपर्ने बताए।

शर्माले विदेशमा रहेका नेपालीको औसत उमेर करिब ५० वर्षको हाराहारीमा पुगेको भन्दै दोस्रो पुस्तालाई नेपालसँग जोड्न विशेष पहल आवश्यक रहेको बताए।

एनआरएनएले १० अर्ब रुपैयाँको सामूहिक लगानीको परियोजना अघि बढाइरहेको जानकारी दिँदै डा.शर्माले त्यसमा ८५ प्रतिशत रकम आईपीओमार्फत जुटाउने योजना रहेको बताए। सरकारले ५ प्रतिशत लगानी गर्ने विषयमा पनि पहल भइरहेको उनले उल्लेख गरे।

सामूहिक लगानीको यस्तो परियोजना सफल भए भविष्यमा अर्ब मात्र नभई खर्ब रुपैयाँसम्मको नेपाली पुँजी नेपालमा भित्र्याउन सकिने उनको विश्वास छ।

एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीचको सहकार्यले विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र व्यवसायिक नेटवर्कलाई नेपालको आर्थिक विकाससँग जोड्न महत्वपूर्ण आधार तयार गर्ने डा. शर्माको विश्वास थियो।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०५:१४
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना