काठमाडौँः आज सोमबार पनि सुनको मूल्य बढेको छ। आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।